२४ भदौ,हेटौँडा ।नेपालमा १४ देखि २१ बर्ष उमेर समुहका व्यक्तीहरुले बढी आत्महत्या गर्ने गरेको र पछिल्लो एक बर्षमा मकवानपुरका एकसय ५८ जनाले आत्महत्या गरेको तथ्याङक सार्वजनिक भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तगर्त जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा सामुदायिक सेवा केन्द्र थानाभ¥याङको संयुक्त संयोजनमा मंगलबार हेटौँडामा भएको आत्महत्या रोकथाम सम्बन्धि अन्तरक्रिया कार्यक्रममा यो तथ्याङक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले १४ देखि २१ बर्ष उमेर समुहका युवाहरुमा आत्महत्याको दर बढदै गएको र प्रत्येक ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्ने गरेको बताएका छन । उपरीक्षक सिंहले नेपाल दक्षिण एशियामा श्रीलंकापछि बढी आत्महत्या हुने देशमा रहेको बार्षिक ५ हजार जनाले आत्महत्या गर्ने गरेको र पछिल्लो एक बर्षमा मकवानपुरका एकसय ५८ जनाले आत्महत्या गरेको बताएका छन ।
अन्र्त्क्रिया कार्यक्रममा बोल्दै तिन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाका वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले प्रहरीले मात्र आत्महत्या रोक्न नसक्ने भन्दै आत्महत्या न्यूनिकरणका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताएका छन ।
सामुदायिक सेवा केन्द्र थानाभ¥याङका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा तिन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाका वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिँह, सशस्त्र प्रहरी १४ नम्बर गण हेटौँडाका प्रहरी उपरीक्षक बिकास घिमिरे, प्रहरी उपरीक्षक अरुण पौडेल, हेटौंडा वडा नम्बर ११ का अध्यक्ष गोकर्ण प्रसाद पराजुली, हेटौंडा अस्पतालका चिकित्सक डाक्टर सागर काफ्ले ,डाक्टर सन्ध्या अधिकारी लगायत सारेकारबाला निकाय,पत्रकार लगायतकाको सहभागिता रहेको थियो ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















