२६ भदौ, हेटौंडा । नजिकिदै गरेका चाडबाडलाई मध्यनजर गर्दै बजार अनुगमनका लागी जिल्ला प्रशासन कार्यलय मकवानपुरको अगुवाईमा दुईवटा अनुगमन उपसमिति निर्माण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीको अध्यक्षतामा विहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले खाद्य तथा गुण नियन्त्रण कार्यलय मकवानपुरको नेतृत्वमा खाद्य तथा खाद्य तथा खाद्य पदार्थ र घरेलु तथा साना उद्योग कार्यलयको नेतृत्वमा गैर खाद्य पदार्थको अनुगमन गर्ने भएको छ ।
यसैगरी अनुगमनका क्रममा मूल्य बृद्धि, म्याद सकिएका सामाग्रीको विक्रि, न्युन गुणस्तरका सामान विक्रिवितरण लगाएतलाई विशेष निगरानीमा राखीने निर्णय भएको छ ।
बैठकले खाद्य तथा गुण नियन्त्रण कार्यलय मकवानपुरको नेतृत्वमा खाद्य तथा खाद्य पदार्थ अनुगमनका लागी जिल्ला प्रशासन कार्यलय, सम्बद्ध स्थानिय तह, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पत्रकार महासंघ मकवानपुर, उपभोक्ता अधिकारवादी संस्था, मकवानपुर उद्योग वाणिज्य संघ, मकवानपुर होटल व्यवसायी संघ, र अवस्यकता अनुसार विषयगत निकायका प्रतिनिधि रहने गरी उपसमिति निर्माण गरेको छ ।
यस्तै गैर खाद्य पदार्थको अनुगमनका लागी घरेलु तथा साना उद्योग कार्यलयको नेतृत्वमा सम्बद्ध स्थानिय तह, जिल्ला प्रशासन कार्यलय, आन्तरिक राजश्व कार्यलय, जिल्ला स्वास्थ्य कार्यलय, पत्रकार महासंघ मकवानपुर, उपभोक्ता अधिकारवादी संस्था, मकवानपुर उद्योग वाणिज्य संघ, र अवस्यकता अनुसार विषयगत निकायका प्रतिनिधि रहेको उपसमिति निर्माण गरिएको छ ।
बैठकका क्रममा उभोक्तावादी संस्थाका प्रतिनिधिहरुले अनुगमन गर्ने मात्र नभई दोषीलाई कारबाहीको दायरमा पनि ल्याउनुपर्ने बताए । दोषीलाई कारबाही नगर्ने र सचेत मात्रै गराएर उन्मुक्ति दिने हो भने अनुगमनको कुनै औचित्य नहुने उनीहरुको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी जोशीले अनुगमनलाई प्रभावकारी बनाउँन सबैले सहयोग गर्नुपर्ने बताए । उनले चाँडबाडको मौकापारी उपभोक्ता ठग्न खोज्ने व्यपारीलाई कडा कारबाही गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
बैठकमा साहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिबी बस्नेत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेशकुमार सिंह, १४ नम्बर गणका गणपती विकाश घिमिरे, उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय उपाध्यक्ष अजय अधिकारी, उपभोक्ता मंच मकवानपुरका अध्यक्ष कुमार पौडेल, पत्रकार महासंघ मकावनपुरका उपाध्यिक्ष कुमार अधिकारी पोष्टराज, होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठ, पुर्व अध्यक्ष भागिरथ शर्मा, खाद्य गुण प्राबिधिक नियन्त्रण कार्यालयकी अधिकृत श्रीजना महर्जन लगाएतको उपस्थिति रहेको थियो ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











