२७ भदौ, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालन गरेको पत्रकार उपचार कोषमा हेटौंडा उपमहानगरपालिकाले सहयोग रकम हस्तान्तरण गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शुक्रबार उपचार कोषमा चार लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । प्रमुख महतले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँई, पत्रकार उपचार कोषका संयोजक तथा महासंघका उपाध्यक्ष सरिता दाहाल, उपाध्यक्ष कुमार अधिकारीलाई संयुक्त रुपमा चार लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
रकम हस्तान्तरण गर्दै प्रमुख महतले आगामी दिनमा पनि पत्रकारका लागि उपमहानगरको सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सहयोग रकम बुझ्दै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले उपचार कोषमा ९ लाख रुपैयाँ संकलन भएको जानकारी दिए ।
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुँमागाई र उपाध्यक्ष कुमार अधिकारी पोष्टराजले ५/५ हजार रुपैयाँ राखेर सुरु भएको पत्रकार उपचार कोषमा यसअघि उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालबाट दुई लाख र शिवम सिमेन्ट उद्योगबाट तीन लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
महासँघमा आबद्ध पत्रकार गम्भिर खालका बिरामी परेमा उपचार कोषको व्याज रकमबाट सहयोग गर्ने गरी कोषको स्थापना गरिएको अध्यक्ष हुँमागाईले जानकारी दिए ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश तीनका महासचिव कृष्ण सारुमगर, पुर्वअध्यक्ष कौसल पाण्डे, सचिव गणेश दर्पण अधिकारी, कोषाध्यक्ष सुदिप सिवाकोटी, ६ नम्बर वडाका अध्यक्ष अर्जुन चौलागाई लगायत विभिन्न संचार माध्यममा कार्यरत संचाकर्मीहरुको उपस्थिती रहेको थियो ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











