२७भदौ,हेटौंडा।हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा डिजिटल सूचना पाटीको उदघाटन गरिएको छ। बोर्डले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै डिजिटल सुचना पाटीको सुरुवात गरेको हो।
हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले डिजिटल सूचना पाटीको उदघाटन गरेका हुन।उदघाटन कार्यक्रममा बोल्दै प्रमुख महतले खानेपानी व्यवस्थापन बोर्डले सुरु गरेको डिजिटल सूचना पाटीले सेवाग्राहीले सुविधा पाउने बताए।
उपभोक्ताले सहजै सूचना प्राप्त गरुन भन्ने उदेश्यले डिजिटल सूचना पाटीको व्यवस्था गरिएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिएका छन्।अध्यक्ष बिष्टले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा नगरका उपभोक्तालाई सूचना पाटीबाट बोर्डका गतिविधि, आम्दानी, खर्च तथा बचतका बारेमा सहजै जानकारी होस भन्ने उद्देश्यले डिजिटल सूचना पाटीको सुभारम्भ गरिएको बताए। उनले अघिल्लो महिनाको बोर्डले गरेको गतिविधि, आम्दानी खर्च महिनाको १० गते भित्र डिजिटल सूचना पाटी मार्फत जानकारी लिन सक्ने भन्दै अब ग्राहकले खानेपानी महशुल इसेवाबाटै भुक्तानी गर्न सकिने बताए ।
पत्रकार सम्मेलनमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले आर्थिक वर्ष २०७५/७६ को प्रगती विवरण तथा आर्थिक वर्ष ७६/७७ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए। त्यसैगरी हेटौडा खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको पाइप लाइन मर्मतकस रात्री कालिन सेवा आरम्भ गरेको जनाएको छ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर हरी प्रसाद पराजुली, बोर्डका सदस्य इन्द्र प्रसाद नेपाल, नेपाल पत्रकार महासंघ प्रदेश तीनका महासचिव कृष्ण सारुमगर, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई,इसेवाका प्रतिनिधी विक्रम मोक्तान लगायतको सहभागिता रहेको थियो।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











