Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नेपाल बाल संगठन मकवानपुरको आयोजनामा दौड प्रतियोगिता( फोटो सहित)

IMG_20190914_113537-1568440476.jpg

२८भदौ,हेटौंडा।नेपाल बाल संगठन मकवानपुर शाखाको आयोजनामा रष्ट्रिय बाल दिवस २०७६ को अवसरमा हेटौँडामा हुन गइरहेको विद्यालयस्तरीय दौड प्रतियोगिता सम्पन्न गरेको छ।

हेटौंडाको बुद्ध चोकबाट सुरु भएको दौड प्रतियोगिता हेटौंडा ५ सानो पोखरा गणेश मन्दिर पुगेर पुनः बुद्ध पुगेर सकिएको थियो। दौड प्रतियोगिताको छात्र तर्फ बालमन्दिर भिमफेदीका रामराज शाही प्रथम, प्रगती माविका सागर लामा दोश्रोे र महेन्द्र मावि फिमफेदीका कमल धामी तेश्रो भएका छन् । त्यसैगरी छात्रा तर्फ चन्द्रोदय माविकी मधु चौधरी प्रथम, वंशगोपाल माविकी सपना तिमिल्सेना दोश्रो र प्रगती माविकी शान्ति थिङ तेश्रो भएका छन् ।प्रथम, दोश्रो र तेश्रो हुने छात्र तथा छात्रालाई क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजार रुपैया सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

बाल संगठनका मकवानपुर अध्यक्ष रमेश गिरीको अध्यक्षतामा कार्यक्रममा हेटौडा सिमेन्ट अद्योग लिमिटेडका अध्यक्ष रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो।  कार्यक्रममा हेटौडा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख राजन दाहाल, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष तथा प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी लगायतको आतिथ्यता रहेको थियो । 

संगठनले भोली आइतबार  राष्ट्रिय बाल दिवसको अवसरमा भिमफेदीमा खेलकुद प्रतियोगिता र अतिरिक्त क्रियाकलापको आयोजना गरिने कार्यक्रम संयोजक कृष्ण नकर्मीले जानकारी दिए।दौड प्रतियोगितामा हेटौंडा नगरमा विद्यालय तथा भिमफेदी बाल गृहका करिब १५ जना विद्यार्थीको सहभागिता रहेको थियो।

IMG_20190914_113507-1568440483.jpg
IMG_20190914_113442-1568440555.jpg
IMG_20190914_113419-1568440558.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार