२८ भदौ, हेटौंडा। हेटौंडामा डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।
मकवानपुरका विभिन्न स्थान सहित हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडामा समस्याको रुपमा देखिएको ङेगु रोग र त्यसको रोकथामका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।वडा प्रहरी कार्यालय हेटौडाको आयोजनामा शनिबार डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।
वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी प्रमुख, प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११का अध्यक्ष सालिकराम पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा हेटौडा ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी, प्रदेश ३ स्वास्थ्य निर्देशनालयका रमेश अधिकारी,नगर स्वास्थ्य समन्वय इकाइ हेटौंडाका सुपेन्द्र कार्की, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रतिनिधि बाल कृष्ण बस्नेत ,अटो रिक्सा व्यवसायी संघका केन्द्रीय सदस्य सुधिर थापा, ५ नम्बर वडा सदस्य ज्ञानु थापा,केशव श्रेष्ठ, संचारकर्मीहरु लगायत, टोल विकास समितिका प्रतिनिधि, विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।
हेटौंडा उपमहानगरपालिका नगर स्वास्थ्य समन्वय इकाइका प्रमुख सुपेन्द्र कार्कीले डेङ्गु रोग नियन्त्रण का लागि, उपमहानगरपालिका विभिन्न वडामा संचालन गरिएको खोजि तथा नष्ट अभियान,यसको नियन्त्रणका लागि गर्न सकिने अभ्यासका बारेमा सहजिकरण गरेका थिए। हेटौंडा उपमहानगरपालिका भित्र करिब ९ सय जना डेङ्गु प्रभावित भएको र ङेगु रोगी बड्दै गएकोले सचेतना अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम गरिएको आयोजकले जनाएको छ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















