२९ भदौ, हेटौंडा । नेपाल बाल संगठन मकवानपुर शाखाले राष्ट्रिय बाल दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।
सुनिश्चित बाल अधिकार, समृद्ध अधिकारको आधार भन्ने नाराका साथा बाल संगठनको आयोजनामा भीमफेदी बालगृहमा बाल दिवस मनाएको हो ।
बाल दिवसको अवसरमा भीमफेदी बाल गृहका बालबालिका र स्थानीय भीम आधार बोर्डिङ स्कुलका विद्यार्थीहरुको सहभागितामा भएको खेदकुद तथा अतिरिक्त क्रियाकलाप कार्यक्रममा विजयीहरुलाई आइतबार पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै देशको विकासका लागि भौतिक पूर्वाधार विकासले मात्र पूर्ण नहुने भएको सामाजिक विकास आवश्यक भएको बताउनुभयो । उहाँले संघसंस्था र बालगृहहरु विधि र प्रक्रिया पु¥याएर सञ्चालन गर्न जोड दिंदै बालगृहमा मनोविमर्शकर्ताको व्यवस्था गर्न आग्रह गर्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाले बालगृहले अनाथ असहायलाई आश्रय दिएको भन्दै गाउँपालिका सहकार्य गरेर जान तयार रहेको बताउनुभयो ।
संगठनका मकवानपुर अध्यक्ष रमेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बाल दिवसका कार्यक्रम संयोजक कृष्ण नकर्मीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा खेदकुद तथा अतिरिक्त क्रियाकलाप कार्यक्रमका विजेता तथा उपविजेताहरुलाई गाउँपालिकाका अध्यक्ष लामा, उपाध्यक्ष राना, संगठनका सल्लाहकारहरु शम्भु नकर्मी कन्यैयाकृष्ण श्रेष्ठ र बैकुण्ठ बलामीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
संगठनको आयोजनामा यसअघि बाल दिवसकै अवसरमा हेटौँडामा विद्यालय स्तरीय दौड प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा हेटौँडा नगर क्षेत्रका विद्यालयका र भीमफेदीस्थित बाल गृहका गरी आठ जना छात्रा र ११ जना छात्रसहित प्रतियोगितामा १९ जनाले प्रतिस्पर्धा गरेका थिए ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

