Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गाँजा खेती नष्ट गर्न एसपी सिंहको टोली पुनःपुग्यो राक्सिराङको विकट गाउँमा (फोटो फिचर सहित)

IMG_3944-1568557704.JPG

२९ भदौ, हेटौंडा । मकवानपुर जिल्ला गाँजा र लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्दै जानु र गाँजा खेतिमा कमी आउन नसक्दा मकवानपुर प्रहरी यति बेला गाँजा नष्ट गर्ने अभियानमा जुटेको छ ।

यसै क्रममा मकवानपुर प्रहरीले जिल्लाको विगट कैलाश र राक्सिराङ गाउँपालिकको विभिन्न वडामा लगाइएको लागुऔषध गाँजा नष्ट गर्ने अभियानमा खटिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको टोलि आईतबार राक्सिराङको विकट गाउँमा पुगेको छ । भदौ १५ गतेबाट २० गते सम्म मकवानपुरप्रहरीले टोलीनै खटाएर राक्सिराङ गाउँपालिकाको बिभिन्न वडामा १ बिघा गाँजा ब्याड तथा ३७ विगाहा गाँजा नष्ट गरेको थियो । यसै क्रममा गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह र प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराई सहित इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको नेतृत्वमा गएको १७ जनाको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका २ को कालिधाप, चनौटा, निग्रानमा लगाइएको करिब ३ बिगाह, २ कठ्ठा गाँजा फाडेर नष्ट गरेको छ । टोलीले कालिधापमा लगाएको २ कठ्ठा, चनौटामा लगाइएको १ विगाहा र निग्रानमा लगाइएको २ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा फाडेर नष्ट गरेको हो । गाँजा फाड्न पुगेको प्रहरी टोली देखेपछि गाँजा गोडमेल गर्दै गरेका केही व्यक्ति भागेका थिए । लागुऔषध गाँजा नष्ट गरेसगै एसपी सिंहले गाँजा खेतिले निम्त्याउने बेफाइदा, गाँजा खेती र कारोबार गर्दा हुने दण्ड सजायका बोरमा सचेतना गराका थिए । प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले गाँजा दोस्रो अभियान अन्तर्गत ७५ जनाको प्रहरी टोलीले उक्त स्थानमा लगाइएका गाँजा र गाँजाको ब्याड नष्ट गर्ने बताएका छन् । उनले गाँजा खेती नष्ट गर्न कुनै बजेट नभएपनि प्रहरीले आफ्नो अन्तरिक स्रोतबाट लागुऔषध गाँजा फडानी गर्ने गरेको बताए । ’सरकारले यस अभियानका लागि कुनै बजेट छुट्याएको छैन तर पनि मकवानपुर गाँजाको ट्रान्जिट प्वाइन्ट बन्दै गएकोले आन्तरिक स्रोतबाट फडानी गर्न अभिनय चलाएको हो ।’ उपरीक्षक सिंहले भने ।

यसअघि पनि मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह र प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराई तथा ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको नेतृत्वमा गएको टोलीले गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत पहिलो चरणमा भदौ १५ गते राक्सिराङ र कैलाशको लावती, हाम्दुङ, खोलाङ्दी, कैलाश गाउँपालिकाको गर्खल लगायतका क्षेत्रमा लगाईएको डेढ विगाह गाँजाखेति र १ कठ्ठा गाँजाको व्याड नष्ट गरेको थियो ।

IMG_3933-1568557707.JPG
IMG_3939-1568557874.JPG
IMG_3915-1568557876.JPG
IMG_3960-1568557957.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार