३१ भदौ, हेटौंडा । हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताअन्र्तगत सोमबार सम्पन्न तीन खेलमा तीनै खेल बराबरीमा टुंगिएका छन् ।
सोमबारका खेलहरुमा बुद्ध युवा क्लव हात्तिसुँढे र ७ नम्बर फुटबल टिम तथा एफसी मल्टिभिजन र गोर्खा ब्वाइज क्लवले बराबरी खेलेका हुन् ।
सोमबार बिहान भएको पहिलो खेलमा बुद्ध युवा क्लव र ७ नम्बर फुटबल क्लबले १–१ को बराबरी खेले । बुद्धका लागी सुरेश थिङ र ७ नम्बर फुटबल क्लबका लागी सुजन थापाले गोल गरे । सोमबारको बराबरी खेलेसँगै दुबै टिम नकाउट चरणमा प्रवेश गरेका छन् । खेलको म्यान अफ दी म्याच ७ नम्बरका राजकुमार भुजेल घोषित भए ।
यस्तै सोमबर भएको दोश्रो खेलमा मल्टिभिजन र गोर्खा ब्वाइजले ६–६ गोलको बराबरी खेले । मल्टिभिजनका लागी निश्चल दुलाल एक्लैले ह्याट्रीक सहित ५ गोल गरे भने विश्व लामाले एक गोल गरे । यसैगरी गोर्खा ब्वाइजको तर्फबाट सचिन्द्र लामाले दोहोरो ह्याट्रिक पुरा गरे । खेलमा मल्टिभिजनका सुरेश बराल म्यान अफ दी म्याच भए ।
सोमबारको तेश्रो तथा अन्तिम खेलमा सानोपोखरा क्लवलाई १–० गोल अन्तरले हराउँदै प्रतिभा क्लव विजयी भएको छ । प्रतिभाको जितका लागी सानोपोखराको उपहार गोल पर्याप्त बन्यो । सानोपोखराका राकेश वाइबाले आफ्नै पोष्टमा गोल गरेका थिए । खेलमा सानोपखराका राम रुम्बा म्यान अफ दी म्याच घोषित भए ।
असोज ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















