Google Photo
१ भदौ, हेटौंडा । मकवानपुरमा मंगलबारसम्म एक हजार ७० जना डेंगुका रोगी फेला परेका छन् । ३ हजार २ सय ५ जनाको रक्त परीक्षणपछि एक हजार ७० जना बिरामी फेला परेको समाचार कान्तिपुरमा छ ।
साउनको पहिलो साताबाट हेटौंडामा डेंगुका रोगी देखा परेका थिए । करिब ६० दिनको बीचमा झन्डै ११ सय रोगी फेला परेका छन् । हेटौंडा अस्पतालका डा. हरि खड्काले भने, ‘डेंगुका रोगी अहिले चिकित्सकहरूसँग सल्लाह गरेर मात्र उपचार गर्ने गरेका छन्, आत्तिन पनि छाडेका छन् ।’ उनी पनि सुरुमा डेंगुबाट संक्रमित भएका थिए ।
हेटौडाका डेंगु संक्रमितहरू रगत परीक्षण गराएर चिकित्सकको सल्लाह लिएर घरमा नै बसेर उपचार गराइरहेका छन् । अस्पतालहरूमा बेड अभाव छ । अस्पताल भवनको प्यासेज र भुइँमा बिरामीको उपचार गराइरहेका छन् । ‘डेंगु नियन्त्रण गर्न घरपरिवार, टोल, समाज नै सक्रिय हुनुपर्छ,’ हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले भने, ‘सरकारी निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगै घरपरिवार, टोल र समाज सक्रिय नभएसम्म डेंगु नियन्त्रण गर्न सकिन्न ।’
गाउँपालिकाद्वारा तीन हजार
मकवानपुरका दुई गाउँपालिकाले डेंगुका रोगीलाई उपचारका निम्ति ३ हजार रुपैयाँ दिने भएको छ । मनहरी गाउँपालिकाले रगत परीक्षणपश्चात् डेंगु प्रमाणित गरी गाउँपालिकामा आएमा उपचारका लागि गापाले तीन हजार रुपैयाँ दिने भएको छ । यसैगरी, राक्सिराङ गाउँपालिका डेंगु रोग भएको शंका लागेर मनहरी, हेटौंडा र चितवन जानुपर्ने व्यक्तिलाई खाना लागि तीन हजार रुपैयाँ उपलब्ध गराउने गापा अध्यक्ष राजकुमार मल्लले बताए । उक्त गापामा चार वटा स्वास्थ्य चौकी मात्र छन् । गाउँपालिकाले स्वास्थ्य चौकीका डेंगु पहिचान गर्न सजिलो होस् भनेर ३०/३० थान डेंगु परीक्षण किट उपलब्ध गराएको छ ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

