१ भदौ, हेटौंडा । मकवानपुरमा मंगलबारसम्म एक हजार ७० जना डेंगुका रोगी फेला परेका छन् । ३ हजार २ सय ५ जनाको रक्त परीक्षणपछि एक हजार ७० जना बिरामी फेला परेको समाचार कान्तिपुरमा छ ।
साउनको पहिलो साताबाट हेटौंडामा डेंगुका रोगी देखा परेका थिए । करिब ६० दिनको बीचमा झन्डै ११ सय रोगी फेला परेका छन् । हेटौंडा अस्पतालका डा. हरि खड्काले भने, ‘डेंगुका रोगी अहिले चिकित्सकहरूसँग सल्लाह गरेर मात्र उपचार गर्ने गरेका छन्, आत्तिन पनि छाडेका छन् ।’ उनी पनि सुरुमा डेंगुबाट संक्रमित भएका थिए ।
हेटौडाका डेंगु संक्रमितहरू रगत परीक्षण गराएर चिकित्सकको सल्लाह लिएर घरमा नै बसेर उपचार गराइरहेका छन् । अस्पतालहरूमा बेड अभाव छ । अस्पताल भवनको प्यासेज र भुइँमा बिरामीको उपचार गराइरहेका छन् । ‘डेंगु नियन्त्रण गर्न घरपरिवार, टोल, समाज नै सक्रिय हुनुपर्छ,’ हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले भने, ‘सरकारी निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगै घरपरिवार, टोल र समाज सक्रिय नभएसम्म डेंगु नियन्त्रण गर्न सकिन्न ।’
गाउँपालिकाद्वारा तीन हजार
मकवानपुरका दुई गाउँपालिकाले डेंगुका रोगीलाई उपचारका निम्ति ३ हजार रुपैयाँ दिने भएको छ । मनहरी गाउँपालिकाले रगत परीक्षणपश्चात् डेंगु प्रमाणित गरी गाउँपालिकामा आएमा उपचारका लागि गापाले तीन हजार रुपैयाँ दिने भएको छ । यसैगरी, राक्सिराङ गाउँपालिका डेंगु रोग भएको शंका लागेर मनहरी, हेटौंडा र चितवन जानुपर्ने व्यक्तिलाई खाना लागि तीन हजार रुपैयाँ उपलब्ध गराउने गापा अध्यक्ष राजकुमार मल्लले बताए । उक्त गापामा चार वटा स्वास्थ्य चौकी मात्र छन् । गाउँपालिकाले स्वास्थ्य चौकीका डेंगु पहिचान गर्न सजिलो होस् भनेर ३०/३० थान डेंगु परीक्षण किट उपलब्ध गराएको छ ।
१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...
१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...
१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...
१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...
१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
१८ बैशाख, हेटौंडा । यही बैशाख १९ गतेबाट हेटौंडा ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवद्र्धन मेला सञ्चालन हुने भएको छ...
१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत...
१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...