Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

समाज

घाइते बालकको उपचारका लागि कोरियाबाट आर्थिक सहयोग

IMG_20190918_180607-1568809500.jpg

१ असोज,हेटौंडा। हेटौंडा–१ चौकीटोलस्थित घरको छतबाट खसेर टाउकोमा गम्भीर चोट लागी उपचारार्थ एक बालकको उपचारका लागि आर्थिक सहयोग गरिएको छ।  

 कोरियास्थित गैर आवासीय नेपालीहरुले आर्थिक अभावका कारण बालकको उपचारमा समस्या देखिएको थाहा पाएपछि रोजगारीका क्रममा दक्षिण कोरिया रहेका साथीहरुबाट आर्थिक संकलन गरेर आथिर्क सहयोग गरेका हुन।

 हेटौडा १ चौकीटोलका अर्जुन गुरुङ र जेके श्रेष्ठले पठाएको रकम बुधबार हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपानेको हातबाट पीडित परिवारलाई हस्तान्तरण गरेका छन्। हेटौंडा–८ स्थित मामाघरमा बसेर उपचार गराइरहेका बालक, निजका आमा सविना र बुवा अजय लोप्चनलाई संयुक्तरुपमा मामाघरमै गएर कुल ७२ हजार छसय ७० रुपियाँ हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरणको क्रममा हेटौंडा २ नम्बर वडा सदस्य रेणु गुरुङ, सहयोग संकलक अर्जुन गुरुङकी पत्नी रमा गुरुङ, हाम्रो सुमो सेवाका अध्यक्ष भेष खड्गीलगायत सहभागी थिए । सुमो चालक छतिवनका अजय लोप्चनका ४ वर्षीय छोरा सौरभ भदौ १६ गते आफू बसेको घरको एक तला माथिबाट खस्दा टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई चिनवनमा टाउकोको अपरेशन गरेर ल्याइएको छ । छोराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अजयले बताए ।

दुर्घटनाको दिनदेखि हालसम्म छोराको उपचारमा करिब चार लाख रुपियाँ खर्च भएको अजयले बताए । “उपचारमा आर्थिक अभाव भएर साह्रै गाह्रो भइरहेका बेलामा आफू कोठामा बस्ने ठाउँको दाजुहरुले विदेशबाट सहयोग पठाउनु भएछ, एकदमै खुशी लाग्यो”, सहयोग रकम पाएपछि अजयकी पत्नी सविनाले गहभरि आँशु पार्दै भनिन्– “उहाँहरुले गरेको गुण कहिल्यै बिर्सिदैनौं ।”

सौरभको उपचारको लागि हाल रोजगारीका क्रममा कोरियामा रहेका गैरआवासीय नेपालीहरु अर्जुन गुुरुङ, जेके श्रेष्ठ, राजेश श्रेष्ठ, सन्क्रोध श्रेष्ठ, जीवन गोले, निराजन भट्ट, कृष्ण बस्नेत, शुसान्त गौतम, ईश्वर न्यौपाने, केदार अधिकारी, युवराज पुडासैनी, प्रेम कठायत, किशोर ब्लोन, राजु घिमिरे, सुमित बलामी, सूर्य पाकुवाल, राम शरण, मोहन खत्री, जीके युनिक, सहयोगी हात, हरिराम पुडासैनी, सुरथ थेवे, नेहा गुरुङ, मनोज कार्की, रोशन थापामगर, सन्तोष पुडासैनी, सुशिल गौतम, राजकुमार गोले, झलक रेग्मी, हेम बस्नेत, बालकृष्ण घिमिरे, रुमराज पौडेल, कृष्णप्रसाद तिमल्सिना, विनोद कर्माचार्य, रिनोज श्रेष्ठ, श्रीकृष्ण ढकाल, ज्योतिन्द्र गुरुङ, सुदीप अर्याल, मौसम नगरकोटी र विशाल रिमालले सहयोग गरेको कोरियाबाट अर्जुन गुरुङले जानकारी दिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1762913065.jpg

२६ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल नेपालमा कोशी प्रदेश, बागमती...

मकवानपुरको बकैयामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
images-1762873073.jpg

२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको  ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...

मंगलबार सुनको मूल्य बढ्यो
gold-1762849781.png

२५ कार्तिक, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले बढेको...

भारतीय कलाकार धर्मेन्द्रको निधन
Screenshot_20251111_10361-1762836887.jpg

२५ कार्तिक, एजेन्सी। १९६० को दशकमा चर्चित भारतीय कलाकार धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
Nepali_congress_At7KeadA6-1762826096.png

२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1762825164.jpg

२५ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेश, गण्डकी प्रदेश...

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त
AIG_Dan_Bahadur_Karki_Dl3-1762783098.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको...

मधेसकी प्रदेश प्रमुख भण्डारी पदमुक्त
IMG_20251110_192226-1762781866.jpg

२४ कार्तिक, काठमाडौं। मध्यरातमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी उपचारको...

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना
sanchar-tatha-suchana-pra-1762769715.jpg

२४ कार्तिक, हेटौंडा । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ । सोमबार...

थप समाचार