१ असोज,हेटौंडा। हेटौंडा–१ चौकीटोलस्थित घरको छतबाट खसेर टाउकोमा गम्भीर चोट लागी उपचारार्थ एक बालकको उपचारका लागि आर्थिक सहयोग गरिएको छ।
कोरियास्थित गैर आवासीय नेपालीहरुले आर्थिक अभावका कारण बालकको उपचारमा समस्या देखिएको थाहा पाएपछि रोजगारीका क्रममा दक्षिण कोरिया रहेका साथीहरुबाट आर्थिक संकलन गरेर आथिर्क सहयोग गरेका हुन।
हेटौडा १ चौकीटोलका अर्जुन गुरुङ र जेके श्रेष्ठले पठाएको रकम बुधबार हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपानेको हातबाट पीडित परिवारलाई हस्तान्तरण गरेका छन्। हेटौंडा–८ स्थित मामाघरमा बसेर उपचार गराइरहेका बालक, निजका आमा सविना र बुवा अजय लोप्चनलाई संयुक्तरुपमा मामाघरमै गएर कुल ७२ हजार छसय ७० रुपियाँ हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तरणको क्रममा हेटौंडा २ नम्बर वडा सदस्य रेणु गुरुङ, सहयोग संकलक अर्जुन गुरुङकी पत्नी रमा गुरुङ, हाम्रो सुमो सेवाका अध्यक्ष भेष खड्गीलगायत सहभागी थिए । सुमो चालक छतिवनका अजय लोप्चनका ४ वर्षीय छोरा सौरभ भदौ १६ गते आफू बसेको घरको एक तला माथिबाट खस्दा टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई चिनवनमा टाउकोको अपरेशन गरेर ल्याइएको छ । छोराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अजयले बताए ।
दुर्घटनाको दिनदेखि हालसम्म छोराको उपचारमा करिब चार लाख रुपियाँ खर्च भएको अजयले बताए । “उपचारमा आर्थिक अभाव भएर साह्रै गाह्रो भइरहेका बेलामा आफू कोठामा बस्ने ठाउँको दाजुहरुले विदेशबाट सहयोग पठाउनु भएछ, एकदमै खुशी लाग्यो”, सहयोग रकम पाएपछि अजयकी पत्नी सविनाले गहभरि आँशु पार्दै भनिन्– “उहाँहरुले गरेको गुण कहिल्यै बिर्सिदैनौं ।”
सौरभको उपचारको लागि हाल रोजगारीका क्रममा कोरियामा रहेका गैरआवासीय नेपालीहरु अर्जुन गुुरुङ, जेके श्रेष्ठ, राजेश श्रेष्ठ, सन्क्रोध श्रेष्ठ, जीवन गोले, निराजन भट्ट, कृष्ण बस्नेत, शुसान्त गौतम, ईश्वर न्यौपाने, केदार अधिकारी, युवराज पुडासैनी, प्रेम कठायत, किशोर ब्लोन, राजु घिमिरे, सुमित बलामी, सूर्य पाकुवाल, राम शरण, मोहन खत्री, जीके युनिक, सहयोगी हात, हरिराम पुडासैनी, सुरथ थेवे, नेहा गुरुङ, मनोज कार्की, रोशन थापामगर, सन्तोष पुडासैनी, सुशिल गौतम, राजकुमार गोले, झलक रेग्मी, हेम बस्नेत, बालकृष्ण घिमिरे, रुमराज पौडेल, कृष्णप्रसाद तिमल्सिना, विनोद कर्माचार्य, रिनोज श्रेष्ठ, श्रीकृष्ण ढकाल, ज्योतिन्द्र गुरुङ, सुदीप अर्याल, मौसम नगरकोटी र विशाल रिमालले सहयोग गरेको कोरियाबाट अर्जुन गुरुङले जानकारी दिएका छन् ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















