Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

केशबलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु

बुधबार पाँच खेल सम्पन्न

baldiwas-2-1568812672.jpg

१ असोज, हेटौंडा । पाँचौ संस्करणको केशबलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिता बुधबारबाट हेटौंडा उपमहानगरपालिका १७, हटियामा सुरु भएको छ । 
हटियास्थित नेपालचौरमा सुरु भएको प्रतियोगिताको पहिलो दिन पाँच खेलहरु सम्पन्न भएकाछन् । प्रतियोगिताको उद्घाटन प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले गरे ।
प्रतियोगिता अन्तर्गतको बुधबारको पहिलो खेलमा पशुपति स्पोर्टस् क्लब हेटौंडा १६ लाई हराउँदै मनहरी गाउँपालिका भलिबल क्लब बिजयी भएको छ । मनहरीले २५–१८ र २५ २३ को सोझो सेटमा पशुपति स्पोर्टु् क्लबलाई हराएको हो । 
यस्तै दोश्रो खेलमा हेटौंडा वडा नम्बर १२ लाई पराजित गर्दै थाहा नगरपालिका बज्रबाराही बिजयी भएको छ । बज्रबाराहीले २५–२०र २५–७ को सोझो सेटमा वडा नम्बर १२ लाई पराजित गरेको हो । 
यसैगरी प्रतियोगिताको तेस्रो खेलमा गढि गाउँपालिका भलिवल क्लब बिजयी भएको छ । गढिले निब्टा भलिबल कलब निबुवाटारलाई २५–१७ र २५ १७ को सोझो सेटमा हराउँदै जीत हाँसिल गरेको हो । 
बुधबारको चौथो खेलमा बकैया गाउँपालिका भलिबल क्लब अनुपस्थित हुँदा बाई पाएर सोझै रमनटार भलिबल क्लबले खेल जितेको छ । भने पाँचौं खेलमा पनि थाहा नगरपालिका आग्राले सोझो सेटमा पशुपति स्पोर्टस् क्लबलाई हराएको छ । आग्राले २५–१८ र २५–१७ को सेटमा पराजित गरेको हो ।
असोज ४ गतेसम्म हुने प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ४० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 
यस्तै विधागत उत्कृष्ट खेलाडीले २ हजार र सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । हरेक वर्षझै एक खेल पत्रकारलाई स्वर्गीय पदमकुमारी राउत स्मृति ट्रष्टबाट नगद ७ हजार रुपैयाँसहित सम्मान गरिने हटिया स्पोर्टस एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुने टाढाका टिमहरुलाई आयोजकले आवासको व्यवस्था समेत गरेको प्रतियोगिता संयोजक कमल बिडारीले जानकारी दिए । प्रतियोगिताको लागि ४ लाख ४० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
 

baldiwas-4-1568812675.jpg
baldiwas-3-1568812710.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार