१ असोज, हेटौंडा । पाँचौ संस्करणको केशबलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिता बुधबारबाट हेटौंडा उपमहानगरपालिका १७, हटियामा सुरु भएको छ ।
हटियास्थित नेपालचौरमा सुरु भएको प्रतियोगिताको पहिलो दिन पाँच खेलहरु सम्पन्न भएकाछन् । प्रतियोगिताको उद्घाटन प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले गरे ।
प्रतियोगिता अन्तर्गतको बुधबारको पहिलो खेलमा पशुपति स्पोर्टस् क्लब हेटौंडा १६ लाई हराउँदै मनहरी गाउँपालिका भलिबल क्लब बिजयी भएको छ । मनहरीले २५–१८ र २५ २३ को सोझो सेटमा पशुपति स्पोर्टु् क्लबलाई हराएको हो ।
यस्तै दोश्रो खेलमा हेटौंडा वडा नम्बर १२ लाई पराजित गर्दै थाहा नगरपालिका बज्रबाराही बिजयी भएको छ । बज्रबाराहीले २५–२०र २५–७ को सोझो सेटमा वडा नम्बर १२ लाई पराजित गरेको हो ।
यसैगरी प्रतियोगिताको तेस्रो खेलमा गढि गाउँपालिका भलिवल क्लब बिजयी भएको छ । गढिले निब्टा भलिबल कलब निबुवाटारलाई २५–१७ र २५ १७ को सोझो सेटमा हराउँदै जीत हाँसिल गरेको हो ।
बुधबारको चौथो खेलमा बकैया गाउँपालिका भलिबल क्लब अनुपस्थित हुँदा बाई पाएर सोझै रमनटार भलिबल क्लबले खेल जितेको छ । भने पाँचौं खेलमा पनि थाहा नगरपालिका आग्राले सोझो सेटमा पशुपति स्पोर्टस् क्लबलाई हराएको छ । आग्राले २५–१८ र २५–१७ को सेटमा पराजित गरेको हो ।
असोज ४ गतेसम्म हुने प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ४० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै विधागत उत्कृष्ट खेलाडीले २ हजार र सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । हरेक वर्षझै एक खेल पत्रकारलाई स्वर्गीय पदमकुमारी राउत स्मृति ट्रष्टबाट नगद ७ हजार रुपैयाँसहित सम्मान गरिने हटिया स्पोर्टस एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुने टाढाका टिमहरुलाई आयोजकले आवासको व्यवस्था समेत गरेको प्रतियोगिता संयोजक कमल बिडारीले जानकारी दिए । प्रतियोगिताको लागि ४ लाख ४० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















