Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शिक्षा अधिकृतसहित ४ जना विरुद्ध विशेषमा मुद्धा

Bises-1568865477.jpg

२ असोज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको जगरनाथपुर गाउँपालिकाका शिक्षा अधिकृत राजेश्वरप्रसाद चौरसियासहित ४ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चौरसिया र जगरनाथपुर गाउँपालिकाकै श्रीजनसेवा प्राविका प्रधानाध्यापक हकिम अन्सारीले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा दस्तुर भन्दै अवैध रूपमा ३ लाख ९० हजार रुपैयाँ लिएको र फर्जी व्यक्तिलाई ३ लाख १४ हजार रुपैयाँ तलब भत्ता निकासा गरेको देखाई भ्रष्टाचार गरेको अनुसन्धानबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको समाचार कान्तिपुरमा छ ।
पर्साकै श्रीनेपाल राष्ट्रिय मावि सेढवा बिर्ताका पूर्वप्रधानाध्यापक महेशप्रसाद यादवले चौरसिया र अन्सारीसितको मिलेमतोमा फर्जी व्यक्तिलाई तलब भत्ता खुवाएको देखाई अनियमितता गरेकाले उनीविरुद्ध समेत जेल सजाय र जरिवाना माग गरिएको अख्तियारले उल्लेख गरेको छ ।
यसैगरी अख्तियारले चितवनको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक पुष्पाकुमारी केसीविरुद्ध समेत बुधबारै मुद्दा दायर गरेको छ । केसीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी सेवामा प्रवेश गरी बढुवा भएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै चारै जना सेवाबाट निलम्बन भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार