Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

समाज

शिक्षा अधिकृतसहित ४ जना विरुद्ध विशेषमा मुद्धा

Bises-1568865477.jpg

२ असोज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको जगरनाथपुर गाउँपालिकाका शिक्षा अधिकृत राजेश्वरप्रसाद चौरसियासहित ४ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चौरसिया र जगरनाथपुर गाउँपालिकाकै श्रीजनसेवा प्राविका प्रधानाध्यापक हकिम अन्सारीले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा दस्तुर भन्दै अवैध रूपमा ३ लाख ९० हजार रुपैयाँ लिएको र फर्जी व्यक्तिलाई ३ लाख १४ हजार रुपैयाँ तलब भत्ता निकासा गरेको देखाई भ्रष्टाचार गरेको अनुसन्धानबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको समाचार कान्तिपुरमा छ ।
पर्साकै श्रीनेपाल राष्ट्रिय मावि सेढवा बिर्ताका पूर्वप्रधानाध्यापक महेशप्रसाद यादवले चौरसिया र अन्सारीसितको मिलेमतोमा फर्जी व्यक्तिलाई तलब भत्ता खुवाएको देखाई अनियमितता गरेकाले उनीविरुद्ध समेत जेल सजाय र जरिवाना माग गरिएको अख्तियारले उल्लेख गरेको छ ।
यसैगरी अख्तियारले चितवनको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक पुष्पाकुमारी केसीविरुद्ध समेत बुधबारै मुद्दा दायर गरेको छ । केसीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी सेवामा प्रवेश गरी बढुवा भएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै चारै जना सेवाबाट निलम्बन भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



साइबर-अपर-1746937925.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मकवानपुरको राईगाउँमा चट्याङ लागेर एक व्यक्ति घाइते
Screenshot_20241015_06551-1749738848.jpg

२९ जेठ, हेटौंडा। मकवानपुरमा चट्याङ लागेर एकजना युवा घाईते भएका छन् भने एउटा घरमा क्षती पुगेको छ। बिहिवार साँझ...

हेटौंडामा व्यवसायीमाथि कुटपिट: ९ जना पक्राउ
Screenshot_20250612_18493-1749733504.jpg

२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...

मकवानपुरको कैलाशमा चट्याङ लागेर युवकको मृत्यु
IMG_20240330_201538-1749733395.jpg

२९ जेठ, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । बुधबार अपरान्ह हावाहुरी सहित परेको...

हेटौंडाको दास इम्पोरियमका संचालकमाथि कुटपिट
Screenshot_20250612_18215-1749732074.jpg

२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...

आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मसी छ्यापियो, तीनजना पक्राउ
Screenshot_20250612_16572-1749727394.jpg

२९ जेठ, विरगंज। नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास...

न्याय परिषद् सदस्यमा नेपाल सिफारिस
mahesh-kumar-nepal-174971-1749722939.jpg

२९ जेठ, हेटौंडा । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेशकुमार नेपालको नाम सिफारिस गरिएको छ । न्याय परिषद्...

कांग्रेस नेताहरू चीन भ्रमणमा जाने
Screenshot_20250612_15444-1749722392.jpg

२९ जेठ, हेटौंडा । नेपाली कांग्रेसका नेताहरू उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जाने भएका छन् । केन्द्रीय सदस्य...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
Screenshot_20250526_06180-1749695072.jpg

२९ जेठ, हेटौंडा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-1749620705.png

२८ जेठ, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार...

थप समाचार