Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मापदण्डविपरीत डिआइजीलाई पदक सिफारिस

Hari-Pal-1568866684.jpg

File Photo

२ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा प्रदान गरिने पदकका लागि प्रहरी प्रधान कार्यालयले मापदण्डविपरीत एक डिआइजीलाई पदकको सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले बढुवा भएको एक वर्ष नपुगी पदकका लागि सिफारिस नगर्ने मापदण्ड बनाएको भए पनि त्यसको विपरीत डिआइजी हरि पाललाई पदक सिफारिस गरेको गृह मन्त्रालय स्रोतले जनाएको समाचार नागरिकमा छ।
गत असोज १८ मा डिआजीमा बढुवा भएका विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुरप्रसाद ज्ञवाली, पूर्णचन्द्र जोशी, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापति र सूर्यप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालयको ‘पदक सिफरिस निर्दैशिका’अनुसार कसैलाई पनि पदक सिफारिस गर्न मिल्दैन। गृहमन्त्रालय स्रोतका अनुसार प्रहरी महारीक्षक सर्वेन्द्र खनालको पदक पनि काटिएको छ। ‘डिआइजी पालको सिफरिस भने उच्च राजनीतिक तहको दबाब भन्दै प्रधान कार्यालयलाई सिफरिस गर्न लगाइयो,’ मन्त्रालय स्रोतले भन्यो।
प्रहरी नियमावलीअनुसार बढुवामा पदकको दुई नम्बर जोडिन्छ । त्यही खेलअनुसार आगामी असार २८ मा भावी प्रहरी महानिरीक्षका लागि हालका डिआइजी थापा, पाल, शाही र कार्की प्रतिस्पर्धी हुन्। डिआइजी पाल केही समयअघि प्रदेश २ को इन्चार्ज भए पनि उनलाई कार्यक्षमता अभाव भन्दै गृहमन्त्री रामबहादुर थापाले सात महिनामै फिर्ता बोलाएर उनको स्थानमा प्रधुम्न कार्कीलाई पठाइएका थिए। गृह मन्त्रालय स्रोतका अनुसार प्रतिस्पर्धी कसैलाई पनि नदिने भनिएको भए पनि दबाबमा सिफारिस आएकाले प्रधानमन्त्री कार्यालयमा पठाइको हो।
बिहीबार मन्त्रिपरिषद्को वैठकबाट सो नाम पास गरेपछि संविधान दिवसको दिन घोषणा गरिनेछ। त्यसपछि राष्ट्रपतिले पदक वितरण गर्ने प्रावधान छ। विगतमा गलत ढंगले दबाबमा पदक सिफारिस हुँदा बदरसमेत भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार