Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

मापदण्डविपरीत डिआइजीलाई पदक सिफारिस

Hari-Pal-1568866684.jpg

File Photo

२ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा प्रदान गरिने पदकका लागि प्रहरी प्रधान कार्यालयले मापदण्डविपरीत एक डिआइजीलाई पदकको सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले बढुवा भएको एक वर्ष नपुगी पदकका लागि सिफारिस नगर्ने मापदण्ड बनाएको भए पनि त्यसको विपरीत डिआइजी हरि पाललाई पदक सिफारिस गरेको गृह मन्त्रालय स्रोतले जनाएको समाचार नागरिकमा छ।
गत असोज १८ मा डिआजीमा बढुवा भएका विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुरप्रसाद ज्ञवाली, पूर्णचन्द्र जोशी, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापति र सूर्यप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालयको ‘पदक सिफरिस निर्दैशिका’अनुसार कसैलाई पनि पदक सिफारिस गर्न मिल्दैन। गृहमन्त्रालय स्रोतका अनुसार प्रहरी महारीक्षक सर्वेन्द्र खनालको पदक पनि काटिएको छ। ‘डिआइजी पालको सिफरिस भने उच्च राजनीतिक तहको दबाब भन्दै प्रधान कार्यालयलाई सिफरिस गर्न लगाइयो,’ मन्त्रालय स्रोतले भन्यो।
प्रहरी नियमावलीअनुसार बढुवामा पदकको दुई नम्बर जोडिन्छ । त्यही खेलअनुसार आगामी असार २८ मा भावी प्रहरी महानिरीक्षका लागि हालका डिआइजी थापा, पाल, शाही र कार्की प्रतिस्पर्धी हुन्। डिआइजी पाल केही समयअघि प्रदेश २ को इन्चार्ज भए पनि उनलाई कार्यक्षमता अभाव भन्दै गृहमन्त्री रामबहादुर थापाले सात महिनामै फिर्ता बोलाएर उनको स्थानमा प्रधुम्न कार्कीलाई पठाइएका थिए। गृह मन्त्रालय स्रोतका अनुसार प्रतिस्पर्धी कसैलाई पनि नदिने भनिएको भए पनि दबाबमा सिफारिस आएकाले प्रधानमन्त्री कार्यालयमा पठाइको हो।
बिहीबार मन्त्रिपरिषद्को वैठकबाट सो नाम पास गरेपछि संविधान दिवसको दिन घोषणा गरिनेछ। त्यसपछि राष्ट्रपतिले पदक वितरण गर्ने प्रावधान छ। विगतमा गलत ढंगले दबाबमा पदक सिफारिस हुँदा बदरसमेत भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1739063634.jpg

२७ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री केपी...

मौसम सामान्यतया सफा रहने
kathmandu-sky-(1)-1739063154.jpg

२७ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका...

शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधिसभा सम्पन्न
FB_IMG_1739061038720-1739061239.jpg

२७ माघ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...

बाघभैरव सामुदायिक वनको साधारणसभा सम्पन्न
Screenshot_20250208_19125-1739022436.jpg

२६ माघ, हेटौंडा । मकवानपुरगढी-२ मा रहेको बाघभैरव सामुदायिक वन उपभोक्ता समूहको २७ औं साधारणसभा सम्पन्न भएको छ...

हेटौंडा-६ को शान्तिटोल टोल विकास संस्थाले फागुन ७ गतेदेखि सप्ताह महायज्ञ लगाउने
IMG_20250208_161043-1739019657.jpg

२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...

खानेपानी मन्त्रालयमा आगलागी, करिब ५० लाखको क्षति
Screenshot_20250208_13440-1739001561.jpg

२६ माघ, हेटौंडा । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री...

मौसम सामान्यतया सफा रहने
Weather_Clean_KTM-1536x10-1738983833.jpg

२५ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  यसको प्रभावले कोशी, गण्डकी, कर्णाली र...

प्रहरीका ७५ इन्स्पेक्टर, डिएसपी बढुवाको सिफारिसमा
Screenshot_20240321_07412-1738978509.jpg

२६ माघ, हेटौंडा। नेपाल प्रहरीका ७५  प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरु प्रहरी नायव उपरीक्षक (डिएसपी)  बढुवा...

अनुपम घलान स्मृति हेटौंडा नगर स्तरीय फुटबल फागुन ७ मा
Screenshot_20250207_20445-1738940603.jpg

२५ माघ, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर ३ पहिरो परेर ज्यान गुमाएको हेटौंडा–१२ का बालफुटबलर अनुपम...

थप समाचार