Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सानोपोखरा बेलडाँडा स्थित जिग्तेन शिवा छेथारलिङ बौद्ध गुम्बामा फुर्वा पूजा हुने

IMG_20190919_141538-1568882260.jpg

२असोज,हेटौडा ।हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरा, बेलडाँडामा रहेको जिग्तेन शिवा छेथारलिङ बौद्ध गुम्बामा पहिलो पटक विश्वशान्ति तथा फुर्वा पूजा हुने भएको छ ।

बिहिबार गुम्बा परिसरमा पत्रकार भेटघाटको आयोजना गर्दै गुम्बा व्यवस्थापन समितिले यस बारेमा जानकारी गराएको हो।पत्रकार भेटघाटमा बोल्दै गुम्बाको ब्यबस्थापन समितिका अध्यक्ष तथा फुर्वा पुजा कार्यक्रम संयोजक डोल्मा स्याङबोले  देशमा हत्या हिंसा, अशान्ति बढेको भन्दै सम्पूर्ण प्राणीहरुको उद्धारको निम्ति असोज १५ गतेबाट १८ गतेसम्म विश्वशान्ति तथा फुर्वा पूजाको आयोजना गरिएको बताइन।

भवन निर्माण तथा गुम्बा संरक्षण को उदेश्यले पनि गर्न लागेको विश्वशान्ति तथा फुर्वा पूजाको लागि भारतको देहरादुनबाट  धर्मगुरु ज्ञान बज्र रेम्पोर्छे सहित लामाहरू आउने संयोजक स्याङबोले बताइन।

आयोजकले जनाए अनुसार असोज १५ गते बिहान ९ बजे विश्व शान्ति तथा फुर्बा पुजाको उदघाटन कार्यक्रम रहेको त्यसैगरी असोज १६ र १७ गते दुइ दिन फुर्बा पुजा सम्बन्धी पुजा पाठ हुने र असोज १८ गते धर्म गुरु ज्ञान बज्र रेम्पोर्छेबाट प्रबचन र वाङ अभिषेक गरि सम्पूर्ण कार्यक्रम सम्पन्न हुने प्रचारप्रसार समितिको संयोजक रमेश थिङ तामाङले जानकारी दिए।

पत्रकार भेटघाटमा गुम्बा प्रमुख लामा लिरन दोर्जे सिङतान लामा, पत्रकार महासंघ प्रदेश ३ महासचिव कृष्ण सारु मगर, महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईं  लगायतक गुम्बा व्यस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। पुजा संपन्न गर्नका लागि गुम्बा ब्यबस्थापन समितिको अध्यक्ष डोल्मा स्याङ्बोको संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति गठन गरेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार