२असोज,हेटौडा ।हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरा, बेलडाँडामा रहेको जिग्तेन शिवा छेथारलिङ बौद्ध गुम्बामा पहिलो पटक विश्वशान्ति तथा फुर्वा पूजा हुने भएको छ ।
बिहिबार गुम्बा परिसरमा पत्रकार भेटघाटको आयोजना गर्दै गुम्बा व्यवस्थापन समितिले यस बारेमा जानकारी गराएको हो।पत्रकार भेटघाटमा बोल्दै गुम्बाको ब्यबस्थापन समितिका अध्यक्ष तथा फुर्वा पुजा कार्यक्रम संयोजक डोल्मा स्याङबोले देशमा हत्या हिंसा, अशान्ति बढेको भन्दै सम्पूर्ण प्राणीहरुको उद्धारको निम्ति असोज १५ गतेबाट १८ गतेसम्म विश्वशान्ति तथा फुर्वा पूजाको आयोजना गरिएको बताइन।
भवन निर्माण तथा गुम्बा संरक्षण को उदेश्यले पनि गर्न लागेको विश्वशान्ति तथा फुर्वा पूजाको लागि भारतको देहरादुनबाट धर्मगुरु ज्ञान बज्र रेम्पोर्छे सहित लामाहरू आउने संयोजक स्याङबोले बताइन।
आयोजकले जनाए अनुसार असोज १५ गते बिहान ९ बजे विश्व शान्ति तथा फुर्बा पुजाको उदघाटन कार्यक्रम रहेको त्यसैगरी असोज १६ र १७ गते दुइ दिन फुर्बा पुजा सम्बन्धी पुजा पाठ हुने र असोज १८ गते धर्म गुरु ज्ञान बज्र रेम्पोर्छेबाट प्रबचन र वाङ अभिषेक गरि सम्पूर्ण कार्यक्रम सम्पन्न हुने प्रचारप्रसार समितिको संयोजक रमेश थिङ तामाङले जानकारी दिए।
पत्रकार भेटघाटमा गुम्बा प्रमुख लामा लिरन दोर्जे सिङतान लामा, पत्रकार महासंघ प्रदेश ३ महासचिव कृष्ण सारु मगर, महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईं लगायतक गुम्बा व्यस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। पुजा संपन्न गर्नका लागि गुम्बा ब्यबस्थापन समितिको अध्यक्ष डोल्मा स्याङ्बोको संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति गठन गरेको जनाइएको छ।
२७ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री केपी...
२७ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका...
२७ माघ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...
२६ माघ, हेटौंडा । मकवानपुरगढी-२ मा रहेको बाघभैरव सामुदायिक वन उपभोक्ता समूहको २७ औं साधारणसभा सम्पन्न भएको छ...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
२६ माघ, हेटौंडा । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री...
२५ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसको प्रभावले कोशी, गण्डकी, कर्णाली र...
२६ माघ, हेटौंडा। नेपाल प्रहरीका ७५ प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरु प्रहरी नायव उपरीक्षक (डिएसपी) बढुवा...
२५ माघ, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर ३ पहिरो परेर ज्यान गुमाएको हेटौंडा–१२ का बालफुटबलर अनुपम...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको...
१६ माघ, हेटौंडा। हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने भएको छ। माघ १९ गते हेटौंडामा निसन्तान...
मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुर अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । शनिबार...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
२२ माघ, हेटौंडा। दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।मंगलबार साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख...
१८ माघ,हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगमले शुक्रबार मध्यरातिबाट लागु...