२ असोज हेटौडा । हेटौडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभूत विद्यालयमा ४३ जना विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । विद्यालयको विहिवार भएको ४६ औं अभिभावक भेलामा आफनो प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक प्रमिला घिमिरेले विद्यालयमा कक्षा ५ सम्म ४३ जना विद्यार्थीहरु अध्ययनरत रहेको उल्लेख गरेकी हुन । अभिभावकहरुले अपनत्व नगरेको, स्थानीयले बेवास्ता गरेको, स्थानीय तहले सोचे अनुसारको सहयोग नगरेको लगायतका कारणले विद्यार्थी संख्या न्युन भएको प्रअ घिमिरेको प्रतिवेदन भनिएको छ ।
विद्यार्थी संख्या कम हुँदा ६ देखि ८ सम्म पठनपाठन हुँदै आएको विद्यालय ५ सम्म झरेको भन्दै कार्यक्रममा सहभागीहरुले सबैले सहयोग गरेर विद्यार्थी संख्या बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरुले विद्यालयको भौतिक र शैक्षिक गणस्तर सुधार गर्दै विद्यार्थी बढाउन आफुहरुको तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यता एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन घिमिरेको सभाध्यक्षतामा भेला भएको थियो ।
भेलामा हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, १७ का वडा अध्यक्ष भैरब बहादुर राई, विद्यालयका संस्थापक प्रअ. हरि प्रसाद सिग्देल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, लायन्स शम्भु नकर्मी, सम्राट तुम्वा हाम्फे, टासी तुम्वा हाम्फे, दिव्यनगर टोल विकास संस्थाका अध्यक्ष प्रमेश पराजुली, प्रगतिशिल युवा क्लवका अध्यक्ष प्रविण गौतम, युवा व्यवसायी नवराज न्यौपाने, मोर्डन ईस्फाक्टचरका मेनेजर उदय विडारी, शिक्षक शालिकराम घिमिरे, सानुकाजी पाण्डे, नवराज पौडेल, पुरुषोत्तम शर्मा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालय सुधारका निमित्त हेटौडा–४ निवासी संजय सिग्देलले २५ हजार, हेटौडा–१७ बस्ने युवा व्यवसायी नवराज न्यौपानेले २५ हजार र हेटौडा–१७ बस्ने समाजसेवी उदय विडारीले भौतिक संरचना बनाउनका लागि ढुंगा, गिटी र बालुवा ढुवानी गराउने प्रतिवद्धता जनाएका थिए ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















