२ असोज हेटौडा । हेटौडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभूत विद्यालयमा ४३ जना विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । विद्यालयको विहिवार भएको ४६ औं अभिभावक भेलामा आफनो प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक प्रमिला घिमिरेले विद्यालयमा कक्षा ५ सम्म ४३ जना विद्यार्थीहरु अध्ययनरत रहेको उल्लेख गरेकी हुन । अभिभावकहरुले अपनत्व नगरेको, स्थानीयले बेवास्ता गरेको, स्थानीय तहले सोचे अनुसारको सहयोग नगरेको लगायतका कारणले विद्यार्थी संख्या न्युन भएको प्रअ घिमिरेको प्रतिवेदन भनिएको छ ।
विद्यार्थी संख्या कम हुँदा ६ देखि ८ सम्म पठनपाठन हुँदै आएको विद्यालय ५ सम्म झरेको भन्दै कार्यक्रममा सहभागीहरुले सबैले सहयोग गरेर विद्यार्थी संख्या बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरुले विद्यालयको भौतिक र शैक्षिक गणस्तर सुधार गर्दै विद्यार्थी बढाउन आफुहरुको तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यता एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन घिमिरेको सभाध्यक्षतामा भेला भएको थियो ।
भेलामा हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, १७ का वडा अध्यक्ष भैरब बहादुर राई, विद्यालयका संस्थापक प्रअ. हरि प्रसाद सिग्देल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, लायन्स शम्भु नकर्मी, सम्राट तुम्वा हाम्फे, टासी तुम्वा हाम्फे, दिव्यनगर टोल विकास संस्थाका अध्यक्ष प्रमेश पराजुली, प्रगतिशिल युवा क्लवका अध्यक्ष प्रविण गौतम, युवा व्यवसायी नवराज न्यौपाने, मोर्डन ईस्फाक्टचरका मेनेजर उदय विडारी, शिक्षक शालिकराम घिमिरे, सानुकाजी पाण्डे, नवराज पौडेल, पुरुषोत्तम शर्मा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालय सुधारका निमित्त हेटौडा–४ निवासी संजय सिग्देलले २५ हजार, हेटौडा–१७ बस्ने युवा व्यवसायी नवराज न्यौपानेले २५ हजार र हेटौडा–१७ बस्ने समाजसेवी उदय विडारीले भौतिक संरचना बनाउनका लागि ढुंगा, गिटी र बालुवा ढुवानी गराउने प्रतिवद्धता जनाएका थिए ।
२९ जेठ, हेटौंडा। मकवानपुरमा चट्याङ लागेर एकजना युवा घाईते भएका छन् भने एउटा घरमा क्षती पुगेको छ। बिहिवार साँझ...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
२९ जेठ, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । बुधबार अपरान्ह हावाहुरी सहित परेको...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...
२९ जेठ, विरगंज। नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास...
२९ जेठ, हेटौंडा । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेशकुमार नेपालको नाम सिफारिस गरिएको छ । न्याय परिषद्...
२९ जेठ, हेटौंडा । नेपाली कांग्रेसका नेताहरू उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जाने भएका छन् । केन्द्रीय सदस्य...
२९ जेठ, हेटौंडा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका...
२८ जेठ, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार...
२६ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले १० किलो ४०० ग्राम लागूऔषध गाँजासहित २ जना महिलालाई पक्राउ गरेको...
१७ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार रातिदेखि लागू हुने गरी...
२१ जेठ, हेटौंडा । हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अन्तर्गत बगुवा (बागमती)...
१६ जेठ, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ संचालनमा आएको छ । विगत २४...
१७ जेठ, हेटौंडा। मकवानपुर राक्सिराङमा चट्याङ लागेर एक व्यक्ति घाइते भएका छन्। राक्सिराङ गाउँपालिका वडा नम्बर ६...
१८ जेठ, हेटौंडा। राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेको केही घण्टामै राप्रपा नेता तथा संघिय संसद...
१७ जेठ, हेटाैडा। विश्व वातावरण दिवसकाे पूर्व सन्ध्यामा टाेल विकास संस्थाले टाेल सरसफाइ अभियान सञ्चालन गरेका...
१८ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले थाहानगरबाट ८० किलो १२० ग्राम लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको...
१९ जेठ, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ...