Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दृष्टिविहीन बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग

Sahayog-1569220650.jpg

६ असोज, हेटौँडा । सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपाल मकवानपुर शाखाले १८ जना दृष्टिविहीन बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । संघले हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित बालज्योति माध्यामिक विद्यालयका दृष्टिविहिन बालबालिकाहरुलाई विद्यालयमै पुगेर शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

संघका सदस्य चन्द्रबहादुर सुनारको संयोजकत्वमा कार्यक्रम भएको हो । शैक्षिक सामाग्रीका साथै प्राथमिक उपचार बक्स, जुस, सेनेटरी प्याड लगाएतका सामाग्री मकवानपुरका अग्रज पत्रकार गरिजा अधिकारी र कार्यक्रमका संयोजक सुनारले विद्यालयका प्रधानाध्यापक अर्याललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक अर्यालले सहयोगी संस्थाप्रति आभार व्यक्त गरे । दृष्टीविहिन बालबालिकाहरुको अध्ययनका लागि अन्य सहयोगी हातहरुको पनि आफुले अपेक्षा गरेको बताए ।

त्यसैगरी कार्यक्रमका अतिथि एवं अग्रज पत्रकार गिरिजा अधिकारीले संघले बालबालिकाको अध्ययनको लागि महत्वपूर्ण सहयोग गरेको भन्दै प्रशंसा गरे । दृष्टिविहिन बालबालिकाको सहयोगको लागि आफुले पनि सहयोग जुटाउन प्रयास गर्ने बताए । कार्यक्रमको अन्त्यमा बोल्दै कार्यक्रमका संयोजक सुनारले संघले युवा विचलनमा सुधार ल्याउने कार्यक्रमहरु, नेतृत्व विकासका कार्यक्रमहरु, सार्वजनिक सरसफाई लगाएतका सामाजिक हितका कामहरु विगतमा पनि हुँदै आएको र आगामी दिनमा पनि सामाजिक काममा आफुलाई सहभागि गराउन थप प्रेरणा मिलेको बताए ।

कार्यक्रममा संघका मकवानपुर प्रेस संयोजक बलराम पुडासैनी, संघका सदस्य राजु घलान, एक्का बहादुर घिसिङ्, सुनिता लामा लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार