८ असोज, हेटौंडा। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले नजिकैदै गरेको चाडवाडलाई मध्यनजर गर्दै हेटौंडा १० बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ।
कक्षको बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराई र वडा नम्बर १० का वडाध्यक्ष किताब सिंह लामाले संयुक्त रुपमा उद्घाटन गरेका छन्।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले चाडवाड नजिकिदै गर्दा यात्रुहरु ठगिने गरेको बताउदै यात्रु सहायता कक्षले यात्रुहरु सेवा दिने बताए।त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकालले नजिकिँदै गरेको चाडवाड यात्रुहरु समस्या नपरुन् भन्ने उद्देश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको बताए।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ का अध्यक्ष सालिकराम पुडासैनी, वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकाल,सामुदायिक सेवा उप केन्द्र हेटौंडा १० बसपार्कका अध्यक्ष प्रदिप कंडेल, नारायणी यातायात हेटौंडा बसपार्क इन्चार्ज रमेश कुइकेल वडा सदस्य, पत्रकार, सामुदायिक प्रहरी सेवा केन्द्रका, टोली विकास समितिका प्रतिनिधि, पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
यात्रुहरुलाई मध्यनजर गरेर वडा प्रहरी कार्यालय हेटौडाले केही दिन अघि हेटौंडा १ चौकिटोलमा रहेको संयुक्त सुमो काउन्टरमा यात्रु सहायता कक्षको स्थापना गरेको थियो।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















