Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

६१ जिल्लामा स्क्रव टाईफस, ३ को मृत्यु

Scrub-1569381480.jpg

File Photo

८ असोज, काठमाडौं । काठमाडौंसहित ६१ जिल्लामा देखिएको स्क्रब टाइफसबाट साउनयता तीन जनाको मृत्यु भएको छ । 
सहरी क्षेत्रको तुलनामा ग्रामीण भेगमा यो रोगका बिरामी बढी भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. प्रकाश शाहले जानकारी दिए । मुसा प्रजातिका जनावरको शरीरमा पाइने संक्रमित सूक्ष्म कीराको टोकाइबाट हुने यो रोग नेपालमा भूकम्पपछि चर्चामा आएको समाचार कान्तिपुरमा छ ।
बिरामीमध्ये कसैमा स्क्रब टाइफस मात्र र केहीमा यससँगै डेंगु र रुघाखोकीसमेत देखिएको छ । सन् २०१६ मा ४८ जिल्लामा स्क्रब टाइफसको संक्रमण भेटिएको ईडीसीडीको तथ्यांक छ । स्क्रब टाइफस ‘ओरेन्सिया सुसुगामुसी’ भन्ने ब्याक्टेरिया ले संक्रमित सूक्ष्म कीरा र किर्नाको टोकाइबाट फैलिन्छ । यो किर्ना खेत, झाडी आदि ठाउँमा रहने मुसा प्रजातिको जनावरमा पाइन्छ । किर्नाले टोकेको करिब १० दिनभित्र बिरामीलाई १०२-१०४ डिग्रीसम्म उच्च ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने जस्ता समस्या देखिने विज्ञहरू बताउँछन् । 
किर्नाले टोकेको ठाउँमा कालो पाप्रा जस्तो निस्किने उनीहरूको भनाइ छ । डेंगु जस्तै रगतमा प्लेटलेट्सको संख्या घट्दै जाने गराउने स्क्रब टाइफसको संक्रमणले कलेजो, मस्तिष्क र फोक्सोमा थुप्रै प्रकारका समस्या निम्त्याउन सक्छ । र, बिरामीका धेरै अंगले काम नगर्ने अवस्था हुन सक्छ ।
स्क्रब टाइफस ब्याक्टेरियाद्वारा उत्पन्न संक्रमण भएकाले यसमा एन्टिबायोटिक औषधि चलाउनुपर्ने डा. शाह बताउँछन् । ‘सरकारले निस्शुल्क वितरण गर्ने ‘डक्सिसाइक्लिन’ एन्टिबायोटिक यसको उपचारका लागि मुख्य रूपमा प्रयोग भइरहेको छ,’ उनले भने ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार