Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

६१ जिल्लामा स्क्रव टाईफस, ३ को मृत्यु

Scrub-1569381480.jpg

File Photo

८ असोज, काठमाडौं । काठमाडौंसहित ६१ जिल्लामा देखिएको स्क्रब टाइफसबाट साउनयता तीन जनाको मृत्यु भएको छ । 
सहरी क्षेत्रको तुलनामा ग्रामीण भेगमा यो रोगका बिरामी बढी भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. प्रकाश शाहले जानकारी दिए । मुसा प्रजातिका जनावरको शरीरमा पाइने संक्रमित सूक्ष्म कीराको टोकाइबाट हुने यो रोग नेपालमा भूकम्पपछि चर्चामा आएको समाचार कान्तिपुरमा छ ।
बिरामीमध्ये कसैमा स्क्रब टाइफस मात्र र केहीमा यससँगै डेंगु र रुघाखोकीसमेत देखिएको छ । सन् २०१६ मा ४८ जिल्लामा स्क्रब टाइफसको संक्रमण भेटिएको ईडीसीडीको तथ्यांक छ । स्क्रब टाइफस ‘ओरेन्सिया सुसुगामुसी’ भन्ने ब्याक्टेरिया ले संक्रमित सूक्ष्म कीरा र किर्नाको टोकाइबाट फैलिन्छ । यो किर्ना खेत, झाडी आदि ठाउँमा रहने मुसा प्रजातिको जनावरमा पाइन्छ । किर्नाले टोकेको करिब १० दिनभित्र बिरामीलाई १०२-१०४ डिग्रीसम्म उच्च ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने जस्ता समस्या देखिने विज्ञहरू बताउँछन् । 
किर्नाले टोकेको ठाउँमा कालो पाप्रा जस्तो निस्किने उनीहरूको भनाइ छ । डेंगु जस्तै रगतमा प्लेटलेट्सको संख्या घट्दै जाने गराउने स्क्रब टाइफसको संक्रमणले कलेजो, मस्तिष्क र फोक्सोमा थुप्रै प्रकारका समस्या निम्त्याउन सक्छ । र, बिरामीका धेरै अंगले काम नगर्ने अवस्था हुन सक्छ ।
स्क्रब टाइफस ब्याक्टेरियाद्वारा उत्पन्न संक्रमण भएकाले यसमा एन्टिबायोटिक औषधि चलाउनुपर्ने डा. शाह बताउँछन् । ‘सरकारले निस्शुल्क वितरण गर्ने ‘डक्सिसाइक्लिन’ एन्टिबायोटिक यसको उपचारका लागि मुख्य रूपमा प्रयोग भइरहेको छ,’ उनले भने ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

कांग्रेस बकैयाको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240517_21013-1715959206.jpg

४ जेठ, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा...

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

थप समाचार