८ असोज, हेटौंडा । हेटौंडाको हुप्रचौरमा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार क्वाटरफाइनलका दुई खेल सम्पन्न भएका छन् ।
बुधबारको पहिलो खेलमा रियल स्टारलाई ५–१ गोलले हराउँदै बुद्ध युवा क्लब छतिवन सेमिफाइनलमा प्रवेश गरेको छ । बुद्धको जितका लागि राजन स्याङ्तान, सुरेन्द्र राई, सुरेश थिङ, सुवास ब्लोन र मिलन कार्कीले समान एक एक गोल गरे । रियल स्टारका लागी सुदाश श्रेष्ठले एक गोल फर्काए ।
यसैगरी दोश्रो खेलमा विजय युथलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै एफसी पोताला सेमिफाइनल पुगेको छ । निर्धारित समयमा एक एक गोलको बराबरी भएको खेलमा एफसी पोतालाका सुमन छुमीले सुरुवाती एक मिनेट भित्रै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफामा अर्को कुनै गोल हुन नसकेको अवस्थामा विजय युथका लागी अन्तिम समयमा पाएको पेनाल्टिलाई सदुपयोग गर्दै सुरज विष्टले खेल बराबरीमा ल्याएका थिए ।
बुधबारनै भएको तेश्रो तथा अन्तिम क्वाटरर्फानल खेल १–० को अवस्थामा अध्याँरो भएपछि रोकिएको छ । बाँकि खेल भोली विहिबार विहान हुने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।
अन्तिम क्वार्टरफाइनलमा हटिया स्पोर्टस एकेडेमी र शहिद स्मृति फुटबल क्लब विचको खेल १–० को अवस्थामा रोकिएको हो । खेलमा हटिया स्पोर्टस एकेडेमि १ गोलले अगाडी रहेको छ । एकेडेमिका लागी आयुर घलानल गोल गरेका हुन् ।
प्रतियोसिगतामा बुद्ध युवा क्लब छतिवन, डाँफे युथ क्लब र एफसी पोतालाले सेमिफाईनलमा स्थान पक्का गरिसकेका छन् । यसअघि मंगलबारको खेलबाट डाँफे युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
भदौको १८ गतेबाट सुरु भएको जिल्ला लिगको फाइनल खेल असोज ११ गते हुने छ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

