९ असोज, हेटौंडा । रेडियो सन्देश १०६.९ मेगाहर्जको वार्षिकात्सवको अवसरमा हेटौंडामा भएको जिल्लास्तरीय मिडिया कप फुटसल प्रतियोगिता अन्तर्गत विहिबार ५ खेल सम्पन्न भएका छन् ।
बिहिबार बिहान भएको पहिलो खेलमा रेडियो मकवानपुर बिजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । रेडियो मकवानपुरले पत्रकार महासंघ मकवानपुरलाई ६–१ ले गोल अन्तरले पराजित गरेको हो ।
रेडियो मकवानपुरको जितका लागी गणेश दर्पण अधिकारी, कुमार अधिकारी विजय पौडेल, इमान घलान र विक्रम बानियाँले गोल गरे । यस्तै महासंघका तर्फबाट रामशरण दुलालले सान्त्वना एक गोल फर्काए ।
यसैगरी विहिबारनै भएको प्रतियोगिताको दोश्रो खेलमा रेडियो सरोबर टाईब्रेकरमा विजयी भएको छ । रेडियो सरोबरले रेडियो बुलेटिनलाई टाईब्रेकरमा हराएको हो । निर्धारित समयमा दुबै तर्फबाट दुई दुई गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।
यस्तै तेश्रो खेलमा रेडियो पालुङले थाहा सञ्चारलाई ४–२ गोलअन्तरले पराजित गरेको छ । बिहिबारनै भएको अर्को खेलमा टिम टेलिभिजन बिजयी भएको छ । टिम टेलिभिजनले हेटौंडा एफएमलाई ९–२ को फराकिलो गोलअन्तरले पराजित गरेको हो । टेलिभिजनको तर्फबाट मनिष खड्काले दोहोर ह्याट्रिक गर्दा पुष्पराज अधिकारीले २ र बालकृष्ण अधिकारीले १ गोल गरे ।
यसैगरी विहिबारको अन्तिम खेलमा रेडियो सरोबर आयोजक रेडियो सन्देशलाई हराउँदै सेमिफाइनलमा पुगेको छ । सरोवरले सन्देशलाई २–१ को गोल अन्तरले पराजित गरेको हो ।
यसअघि विहिबार बिहान फुटसल प्रतियोगिताको उद्घाटको क्रममा नेपाल पत्रकार महासंघ मकवानपुर र मकवानपुरका राजनितिककर्मी विच मैत्रिपुर्ण फुटसल प्रतियोगिता भएको थियो । उक्त खेलमा पत्रकारको टिमले राजनीतिककर्मी लाई २–१ गोल अन्तरले पराजित गर्यो । पत्रकारका तर्फबाट महासंघका उपाध्यक्ष कुमार अधिकारी पोष्टराज र सचिव गणेश दर्पण अधिकारीले गोल गरे भने राजनितिक दलका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सदस्य हरि वाग्लेले गोल गरेका थिए ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

