Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बंशगोपाल तथा रक्षादेवी मन्दिरको सरसफाई

R1-1569645411.jpg

११ असोज, हेटौँडा । हेटौंडा–६ मा रहेको धार्मिक स्थलहरुको शनिवार सरसफाई गरिएको छ । नेपालीहरुको महान पर्व दशैंको शुरुवात अर्थात घटस्थापनाको अघिल्लो दिन मठमन्दिरहरुको सरसफाई गरिएको हो । 
चौघडामा रहेको बंशगोपाल तथा कुशेश्वर महादेवको मन्दिर र रक्षादेवी टोलमा रहेको रक्षादेवी मनिदरको सरसफाई गरिएको हो । हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको नेतृत्वमा दुवै मन्दिरको सरसफाइ गरिएको हो । रक्षादेवी टोल विकास संस्थाका कार्यसमिति र टोलीबासीले आफ्नो टोलसहित रक्षादेवी मन्दिरको सरसफाई गरेका थिए । त्यसैगरी, गुप्तेश्वरी टोल विकास संस्था, मन्दिरको कार्यसमिति, बंशगोपाल युवा क्लव र स्थानीयको सक्रियातामा बंशगोपाल मन्दिरको सरसफाई गरिएको थियो । 
मन्दिर निर्माणको लागि समिति गठन 
यसैगरी, रक्षादेवी मन्दिरको भौतिक संरचना निर्माण गर्न समिति गठन गरिएको छ । रक्षादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार बानियाँको अध्यक्षतामा ७ सदस्यीय निर्माण समिति गठन गरिएको छ । समितिको सचिवमा राजकुमार फुयाँल, कोषाध्ब्यक्षमा बिपना सापकोटा र सदस्यहरुमा कमला सापकोटा, कमलप्रसाद सुवेदी, रामजी ढकाल र रक्षा न्यौपाने चयन भएका छन । 
यसैगरी अनुगमन समितिको संयोजकमा साधुराम चौलागाई, सदस्यहरुमा चेतनाथ खतिवडा, बासुदेव सापकोटा, सुमित्रा लामिछाने र मेनुका कोईराला रहेका छन । हेटौडा उपमहानगरपालिकाले मन्दिरको भौतिक संरचना निर्माणको लागि ३ लाख बजेट विनियोजित गरेको हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले बताए ।

R2-1569645412.jpg
R3-1569645448.jpg
R4-1569645448.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार