११ असोज, हेटौँडा । सूचनाको हक सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा नेपालको सूचनाको हकको अवस्था र सूचनाको हकसम्बन्धी ऐनमा भएका व्यवस्था बारेमा अन्तरक्रिया गरिएको छ ।
फ्रिडम फोरमको आयोजना तथा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड हेटौँडा शाखाको समन्वयमा शुक्रबार हेटौँडामा सूचनाको हक सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा सूचनाको हक सम्बन्धमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा सूचनाको हकको आवश्यकता र उपयोगितामाथि चर्चा गर्दै सूचनाको हकले मुलुकलाई सुशासन र समृद्ध बनाउन सहयोग पुग्ने बताइएको थियो ।लघुवित्त वित्तीय संस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको कार्यक्रममा सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनमा जोड दिइएको थियो ।सन् २००२ बाट २८ सेप्टेम्बरका दिनलाई हरेक वर्ष सूचनाको हक सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाइदै आएको छ ।
सूचनाको हकसम्बन्धी ऐन प्रभावकारी कार्यान्वयनमा नआएको भन्दै सूचना नै शक्ति भएको ऐन कार्यान्वयनमा दवाव सिर्जना गर्नुुा कार्यक्रममा बताइएको थियो ।
कार्यक्रममा फ्रिडम फोरमका प्रतिनिधि राममणि दाहालले सहजीकरण गर्दै फ्रिडम फोरमले निर्माण गरेको सूचनाको हकसम्बन्धी आरटीआइ नेपाल एप (एप्लिकेसन) का बारेमा जानकारी गराउनु भएको थियो ।सूचनाको हकको विगत, उपयोगिता, आवश्यकता, ऐनमा भएका ाव्यवस्था र आरटीआइ नेपाल एप्लिकेसनको प्रयोगको बारेमा जानकारी गराउँदै उहाँले सूचनाको हकको प्रयोग गर्ने संस्कृतिको विकासमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुरका उपाध्यक्ष तारा कार्की, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड हेटौँडा शाखाका प्रमुख दीपक महतलगायतको उपस्थिति रहेको थियो ।नेपालको संविधानमा मौलिक हकको रुपमा रहेको सूचनाको हकलाई सुनिश्चित गार्न २०६४ सालमा सूचनाको हक सम्बन्धी ऐन ल्याइएको थियो ।
नेपालमा तत्कालीन व्यवस्थापिका संसदबाट पारित भई २०६४ साउन ५ मा प्रमाणीकरण र २०६४ भदौ ३ गतेदेखि यो ऐन कार्यान्वयनमा आएको थियो ।फ्रिडम फोरमले लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, दण्डहीनता विरुद्ध, सूचनाको हकलगायतका क्षेत्रमा वकालती र अभियान सञ्चालन गर्दै आएको छ ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

