Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अन्तर भातृ संगठन फुटसलमा नेविसंघ विजयी

12-1569675439.jpg

११ असोज, हेटौंडा । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रीक खेलकुद संघ मकवानपुरले अयोजना गरेको अन्तर भातृ संगठन फुटसल प्रतियोगिता नेपाल विद्यार्थी संघ मकवानपुरले जितेको छ ।
नेपाल प्रेस युनियन, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक खेलकुद संघ मकवानपुर विच भएको खेलमा विद्यार्थी संघ विजयी भएको हो । 
विद्यार्थीले तरुण टोलीलाई ८–७ गोल अन्तरले पराजित गर्यो । नकाउटको आधारमा खेलाईएको प्रतियोगितामा नेपाल तरुण दल उपविजेता भयो । 
यसअघि शनिवार विहानै भएको खेलमा नेपाल विद्यार्थी संघले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवापनुर र तरुण दलले नेपाल प्रेस युयिनलाई हराउँदै फाइनल प्रवेश गरेका थिए । 
प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेस मकवापनुरका कार्यबहाक सभापति बिष्णुप्रसाद लामिछानले विजय दशमी, शुभ दिपावली, नेपाल संव र छठको अवसर पारेर आयोजना गरेको प्रतियोगिताले पार्टीका भातृ तथा सुभेच्छुक संस्थाहरुविच मित्रता, भाइचारा र सहकार्यको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका अध्यक्ष सविन भट्टाचार्यको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सल्लाहाकार प्रभात दाहाल, भरत पराजुली, पार्टी सचिब बुद्ध लामा, पार्टी प्रवक्ता प्रदिप पराजुली, खेलकुद विभाग प्रमुख सुनिल दाहाल, जिल्ला सदस्य अमृता लामा, प्रेस युनियनका केन्द्रीय सदस्य एवम मध्यामाञ्चल संयोजक राममणी दाहाल, तरुण दलका जिल्ला अध्यक्ष इश्वर पाठक, नेविसंघ मकवापनुरका अध्यक्ष राजु खतिवडा, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टाराज, लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका उपाध्यक्ष सर्मिला श्रेष्ठ, नेपाल ट्रेड युनियन मकवानपुरका उपाध्यक्ष तारा कार्की, महिला संघ जिल्ला सचिव निलम देवकोटा लगायतकाको उपस्थिति रहेको थियो । 

प्रतियोगितामा विजेता बनेको नेविसंघले १७ किलोको खसी सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको तरुण दलले १२ किलोको बोका प्राप्त गरेको प्रतियोगिता संयोजक युवराज लामाले जानकारी दिए । यस्तै सान्त्वना भएका नेपाल प्रेस युुनियन मकवानपुर र लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले  दुई टिमल ५–५ किलोको कुखुरा प्राप्त गरेका छन् ।
 

111-1569675441.jpg
11-1569675468.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार