Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अन्तर भातृ संगठन फुटसलमा नेविसंघ विजयी

12-1569675439.jpg

११ असोज, हेटौंडा । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रीक खेलकुद संघ मकवानपुरले अयोजना गरेको अन्तर भातृ संगठन फुटसल प्रतियोगिता नेपाल विद्यार्थी संघ मकवानपुरले जितेको छ ।
नेपाल प्रेस युनियन, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक खेलकुद संघ मकवानपुर विच भएको खेलमा विद्यार्थी संघ विजयी भएको हो । 
विद्यार्थीले तरुण टोलीलाई ८–७ गोल अन्तरले पराजित गर्यो । नकाउटको आधारमा खेलाईएको प्रतियोगितामा नेपाल तरुण दल उपविजेता भयो । 
यसअघि शनिवार विहानै भएको खेलमा नेपाल विद्यार्थी संघले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवापनुर र तरुण दलले नेपाल प्रेस युयिनलाई हराउँदै फाइनल प्रवेश गरेका थिए । 
प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेस मकवापनुरका कार्यबहाक सभापति बिष्णुप्रसाद लामिछानले विजय दशमी, शुभ दिपावली, नेपाल संव र छठको अवसर पारेर आयोजना गरेको प्रतियोगिताले पार्टीका भातृ तथा सुभेच्छुक संस्थाहरुविच मित्रता, भाइचारा र सहकार्यको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका अध्यक्ष सविन भट्टाचार्यको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सल्लाहाकार प्रभात दाहाल, भरत पराजुली, पार्टी सचिब बुद्ध लामा, पार्टी प्रवक्ता प्रदिप पराजुली, खेलकुद विभाग प्रमुख सुनिल दाहाल, जिल्ला सदस्य अमृता लामा, प्रेस युनियनका केन्द्रीय सदस्य एवम मध्यामाञ्चल संयोजक राममणी दाहाल, तरुण दलका जिल्ला अध्यक्ष इश्वर पाठक, नेविसंघ मकवापनुरका अध्यक्ष राजु खतिवडा, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टाराज, लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका उपाध्यक्ष सर्मिला श्रेष्ठ, नेपाल ट्रेड युनियन मकवानपुरका उपाध्यक्ष तारा कार्की, महिला संघ जिल्ला सचिव निलम देवकोटा लगायतकाको उपस्थिति रहेको थियो । 

प्रतियोगितामा विजेता बनेको नेविसंघले १७ किलोको खसी सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको तरुण दलले १२ किलोको बोका प्राप्त गरेको प्रतियोगिता संयोजक युवराज लामाले जानकारी दिए । यस्तै सान्त्वना भएका नेपाल प्रेस युुनियन मकवानपुर र लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले  दुई टिमल ५–५ किलोको कुखुरा प्राप्त गरेका छन् ।
 

111-1569675441.jpg
11-1569675468.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार