१२ असोज, हेटौंडा । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा सम्पन्न दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि न्यू डाँफे क्लबले जितेको छ ।
शनिबार सम्पन्न उपाधि भिडन्तमा हटिया स्पोर्टस् एकेडेमीलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै डाँफेले उपाधि जितेको हो । उसले उपाधि सहित एकलाख रुपैयाँ प्राप्त गरेको छ ।
शविनार सम्पन्न फाइनल खेलको निर्धारित समयमा दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा डाँफेको तर्फबाट अरुण बल, फत्तेमान घले, विक्रम भोलन र विवेक रुम्बाले गोल गरे भने हटियाको तर्फबाट राजेश पाण्डेले मात्र गोल गरे ।
हटियाका आयुर घलानको प्रहार डाँफेका गोलरक्षक अनिल लोले रोकेका थिए भने अनिष लुइँटेलको प्रहार बारमा लागेर फर्किएको थियो ।
प्रतियोगिताको उपविजेता बनेको हटियाले ५० हजारमा चित्त बुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हटियाका आयुर घलान घोषित भए उनले नगद १० हजार सहित ट्रफि प्राप्त गरे ।
यस्तै प्रतियोगिताको उत्कृष्ट डिफेन्डर हटियाका राजेश पाण्डे, उत्कृष्ट फरवार्ड डाँफेका विशाल भोलन, उत्कृष्ट मिडफिल्डर डाँफेकै फत्तेमान घले र उत्कृष्ट गोलरक्षक डाँफेकै अनिल लो घोषित भए । विधागत उत्कृष्ट भएका खेलाडीहरुले जनही ५ हजारसहित ट्रफी प्राप्त गरे ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




