Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

साफ अन्डर १८ को उपाधि भारतले जित्यो 

India_52358995-1569762409.jpg

१२ असोज, हेटौंडा । नेपालमा सम्पन्न साफ अन्डर–१८ को उपाधि भारतले जितेको छ । काठमाडांैको हलचोकस्थित एपिएफ क्लबको मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा भारतले बंगलादेशलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो । 
यस अघि सम्पन्न दुई संस्करणमा नेपालले उपाधि जितेको थियो । तेस्रो संस्करणको उपाधि जितेसँगै भारतले साफ अन्डर–१८ च्याम्पियनसिपमा उपाधि जित्ने नयाँ टोली बनेको छ ।
भारतलाई जित दिलाउन बिक्रम प्रताप सिंह र रबि बहादुर रानाले एक एक गोल गरे । बंगलादेशका एसिन अर्फातीले एक गोल फर्काए । 
निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको पहिलो हाफमै ३ खेलाडीले रातो कार्ड सामना गर्दैै मैदान बाहिरिएका थिए ।
खेलको २२ औं मिनेटमा भारत र बंगलादेशका एक÷एक खेलाडी झगडामा उत्रिएपछि रेफ्रिले उनीहरुलाई रातो कार्डको दर्शन गराउँदै मैदान बाहिर पठाएका थिए । भारतका गुर्किरात सिंह र बंगलादेशका मोहमद रिडोयलाई दोस्रो पहेलो कार्ड दिँदै मैदानबाट बाहिर पठाएका हुन्  । 
दुई खेलाडीले रातो कार्डको सामना गर्दै मैदान बाहिरिँदा ९ खेलाडीमा सिमित बनेको बंगलादेश विरुद्ध कम खेलाडी भएको फाइदा भारतले इन्जुरी समयमा मात्र लिन सफल भयो । थपिएको समयमा भरत रानाले गोल गर्दै टोलीको जित लाई निश्चित गरे । 
प्रतियोगिता अन्तर्गत आइतबारै तेस्रो स्थानका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको प्रतिस्पर्धामा माल्दिभ्सले भुटानलाई १–० ले पराजित गरेको छ । माल्दिभ्सको जितमा इब्राहिम इमरानले ७५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार