१२ असोज, हेटौँडा । हेटौंडा–६ चौघडामा आइतबार शुरु भएको वडास्तरीय फुटबल प्रतियोगितामा आयोजक भित्रि फुटबल टिमले विजयी शुरुवात गरेको छ ।
आयोजक भिएफटीले प्रगतिशिल युवा क्लवलाई टाईब्रेकरमा ४–३ गोल अन्तरगतले पराजित गरेको हो । खेल अवधीभर दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल टाईबे्रकरमा धकेलिएको थियो । टाईब्रेकरमा भिएफटीका ईन्द्रराज पौडेल, नविन पौडेल, विश्वास जिसी र सन्तोष मोक्तानले गोल गरेका थिए भने प्रगतिशिलको तर्फबाट मिलन लामा, विवेश माझी र बाबुलाल भोलनले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच भिएफटीका विश्वास जिसी घोषित हुँदै एक क्रेट अण्डा प्राप्त गरे ।
वडाभरीका १४ टिम सहभागी रहेको प्रतियोगिताको उद्घाटन ६ नम्बर वडाका अध्यक्ष अर्जुनप्रसाद चौलागाईले गरेका थिए । भिएफटीका अध्यक्ष कमल कोइरालाको सभाध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । फुटबल प्रतियोगितामा विजयी हुने टिमलाई २५ किलोको खसी र उपविजेतालाई २० किलोको खसी उपहार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल १८ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई वडा कार्यालयको सहयोग
प्रतियोगितालाई ६ नम्बर वडा कार्यालयले सहयोग गरेको छ । वडा कार्यालयले १० हजार रुपैँया र २२ वटा फुटबल उपलव्ध गराएको वडा सदस्य राजकुमार बास्तोलाले बताए । त्यसैगरी रानी सामुदायिक वन उपभोक्ता समूहले पनि ५ हजार ५ सय ५५ रुपैँया सहयोग गरेको छ ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

