१२ असोज, हेटौँडा । हेटौंडा–६ चौघडामा आइतबार शुरु भएको वडास्तरीय फुटबल प्रतियोगितामा आयोजक भित्रि फुटबल टिमले विजयी शुरुवात गरेको छ ।
आयोजक भिएफटीले प्रगतिशिल युवा क्लवलाई टाईब्रेकरमा ४–३ गोल अन्तरगतले पराजित गरेको हो । खेल अवधीभर दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल टाईबे्रकरमा धकेलिएको थियो । टाईब्रेकरमा भिएफटीका ईन्द्रराज पौडेल, नविन पौडेल, विश्वास जिसी र सन्तोष मोक्तानले गोल गरेका थिए भने प्रगतिशिलको तर्फबाट मिलन लामा, विवेश माझी र बाबुलाल भोलनले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच भिएफटीका विश्वास जिसी घोषित हुँदै एक क्रेट अण्डा प्राप्त गरे ।
वडाभरीका १४ टिम सहभागी रहेको प्रतियोगिताको उद्घाटन ६ नम्बर वडाका अध्यक्ष अर्जुनप्रसाद चौलागाईले गरेका थिए । भिएफटीका अध्यक्ष कमल कोइरालाको सभाध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । फुटबल प्रतियोगितामा विजयी हुने टिमलाई २५ किलोको खसी र उपविजेतालाई २० किलोको खसी उपहार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल १८ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई वडा कार्यालयको सहयोग
प्रतियोगितालाई ६ नम्बर वडा कार्यालयले सहयोग गरेको छ । वडा कार्यालयले १० हजार रुपैँया र २२ वटा फुटबल उपलव्ध गराएको वडा सदस्य राजकुमार बास्तोलाले बताए । त्यसैगरी रानी सामुदायिक वन उपभोक्ता समूहले पनि ५ हजार ५ सय ५५ रुपैँया सहयोग गरेको छ ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




