Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बंशगोपाल बहुमुखी क्याम्पस र कोरियन कलेजबीच सम्झौता

ban-sha-gopal-1484920177.jpg

७ माघ, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पस र दक्षिण कोरिया पुसानको योङसान कलेजबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ । 

शुक्रबार भएको कार्यक्रममा बंशगोपाल बहुमुखी क्याम्पसका प्रमुख अर्जुनप्रसाद चौंलागाई र योङसान कलेजका प्राध्यापक डा.किमसाङ ओजीबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार आगामी दिनहरुमा दुई कलेजबीच संस्कृति तथा विभिन्न सहयोगी शिक्षकहरु र शैक्षिक उन्नतिको लागि सहयोग आदानप्रदान गरिने भएको छ ।

कार्यक्रममा योङसान कलेजका प्राध्यापक डा.किमलाई बंशगोपाल क्याम्पसको मानार्थ प्राध्यापकमा नियुक्ति गरेको छ । कार्यक्रममा बंशगोपाल क्याम्पसका जहेन्दार, मेहेनती र विपन्न वर्गका बिद्यार्थीहरुलाई छात्रबृति दिने उद्देश्यले क्याम्पसका सल्लाहकार नवराज अर्यालले एक लाख र समिति सदस्यद्वय गुरुप्रसाद सापकोटा, गणेशप्रसाद दुलालबाट ५०/५० हजार रूपैयाँ गरी दुई लाखको अक्षय कोष स्थापना गर्ने भएको छ ।

यसैगरी हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरले सोह्र हजार रूपैयाँ बराबरको ४० थान पुस्तक सहयोग गरेका छन् भने चौघडामा आयु पोलिक्लिनिकले विद्यार्थीलाई एकबर्षका लागि प्राथमिक उपचार सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी, महायज्ञमा दिने भएको रकम एक लाख रूपैयाँ पुर्णभद्र चौंलागाईले हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा किम हे माइग्रेन हाउसका संस्थापक तथा कोरिया युथ सपोर्ट फाउण्डेसन नेपालका अध्यक्ष यज्ञराज सुबेदी, एसियन फेडेरेशन फोरमका कार्यकारी प्रमुख सिद्धी बराल, पूर्व अध्यक्ष बालकृष्ण चौंलागाई, क्याम्पस सल्लाहकार त्रिविक्रम मानन्धर, बंशगोपाल माविका विव्यस अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, प्रअ रमेशप्रसाद लामिछाने, क्याम्पस उपाध्यक्ष कृष्णप्रसाद सन्जेल, सदस्यहरु साधुराम चौंलागाई, गुरुप्रसाद सापकोटा, गीता सापकोटा, गणेशबहादुर दुलाल, चण्डिका माविका प्रअ दासरथी उपाध्याय तथा क्याम्पसका शिक्षक, कर्मचारी, अभिभावक, बिद्यार्थीलगायतको उपस्थिति थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार