७ माघ, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पस र दक्षिण कोरिया पुसानको योङसान कलेजबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ ।
शुक्रबार भएको कार्यक्रममा बंशगोपाल बहुमुखी क्याम्पसका प्रमुख अर्जुनप्रसाद चौंलागाई र योङसान कलेजका प्राध्यापक डा.किमसाङ ओजीबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार आगामी दिनहरुमा दुई कलेजबीच संस्कृति तथा विभिन्न सहयोगी शिक्षकहरु र शैक्षिक उन्नतिको लागि सहयोग आदानप्रदान गरिने भएको छ ।
कार्यक्रममा योङसान कलेजका प्राध्यापक डा.किमलाई बंशगोपाल क्याम्पसको मानार्थ प्राध्यापकमा नियुक्ति गरेको छ । कार्यक्रममा बंशगोपाल क्याम्पसका जहेन्दार, मेहेनती र विपन्न वर्गका बिद्यार्थीहरुलाई छात्रबृति दिने उद्देश्यले क्याम्पसका सल्लाहकार नवराज अर्यालले एक लाख र समिति सदस्यद्वय गुरुप्रसाद सापकोटा, गणेशप्रसाद दुलालबाट ५०/५० हजार रूपैयाँ गरी दुई लाखको अक्षय कोष स्थापना गर्ने भएको छ ।
यसैगरी हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरले सोह्र हजार रूपैयाँ बराबरको ४० थान पुस्तक सहयोग गरेका छन् भने चौघडामा आयु पोलिक्लिनिकले विद्यार्थीलाई एकबर्षका लागि प्राथमिक उपचार सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी, महायज्ञमा दिने भएको रकम एक लाख रूपैयाँ पुर्णभद्र चौंलागाईले हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा किम हे माइग्रेन हाउसका संस्थापक तथा कोरिया युथ सपोर्ट फाउण्डेसन नेपालका अध्यक्ष यज्ञराज सुबेदी, एसियन फेडेरेशन फोरमका कार्यकारी प्रमुख सिद्धी बराल, पूर्व अध्यक्ष बालकृष्ण चौंलागाई, क्याम्पस सल्लाहकार त्रिविक्रम मानन्धर, बंशगोपाल माविका विव्यस अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, प्रअ रमेशप्रसाद लामिछाने, क्याम्पस उपाध्यक्ष कृष्णप्रसाद सन्जेल, सदस्यहरु साधुराम चौंलागाई, गुरुप्रसाद सापकोटा, गीता सापकोटा, गणेशबहादुर दुलाल, चण्डिका माविका प्रअ दासरथी उपाध्याय तथा क्याम्पसका शिक्षक, कर्मचारी, अभिभावक, बिद्यार्थीलगायतको उपस्थिति थियो ।
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

_edit_-1792376004.jpg)
















