१९ असोज, हेटौंडा । नेपालसहित पाँच राष्ट्र सम्मिलित टी–२० अन्तराष्ट्रिय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले जित निकालेको छ ।
ओमानमा जारी प्रतियोगितामा आइतबार भएको खेलमा नेपालले हङकङलाई नेपालले ५ विकेटले पराजित गरेको हो ।
हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभरको समाप्तीमा ६ विकेटको क्षतिमा भेट्टायो । कमजोर सुरुवात गरेको नेपाली इनिङ आरिफ सेख र विनोद भण्डारीले सम्हालेका थिए । आरिफले २४ रन बनाए । नेपालको जितमा करन केसी र विनोद भण्डारीको प्रदर्शन उत्कृष्ट रह्यो । विनोदले ४८ बलमा अविजित ५८ रनको इनिङ खेले । विनोदले चार चौका र तीन छक्का प्रहार गरे । सोमपाल कामीले १३ रन बनाए ।
नेपालका लागि ओपनिङ गर्न आएका कप्तान पारस खड्का पहिलो बलमै आउट भएका थिए ।
टस जितेर नेपालले हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । निर्धाति २० ओभरमा हङकङले ६ विकेट गुमाउँदै १२५ रन बनाएको थियो ।
नेपालका लागि करन केसीले उत्कृष्ट बलिङ गरे । उनले हङकङका सुरुवाती तीन विकेट एकै ओभरमा लिएका थिए । करनले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर ४ विकेट हात पारे ।
ओमानले आयोजना गरेको सिरिजमा नेपाल, ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् । सुरुवाती दुई खेलमा दुवैमा जित निकाल्दै ओमान अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालले अर्को खेल सोमबार नेदरल्याण्डसँग खेल्नेछ ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

