२० असोज, हेटौँडा । हेटौँडा–१७ राजदेवीमा करेन्ट लागेर आमा छोराको मृत्यु भएको घटनामा नेपाल विद्युत प्राधिकरणले आफ्नो गल्ति स्विकारेको छ ।
घटनापछि मृतकको शव बुझ्न अस्विकार गरेका स्थानीय, आफन्त र प्राधिकरणबीच भएको छलफलमा प्राधिकरणले आफ्नो गल्तिका कारण मृत्यु भएको स्विकारेको मृतकका आफन्त कृष्णप्रसाद पराजुलीले प्रष्टखबरलाई जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्राधिकरणले गल्ति स्विकार्दै प्रचलित कानून अनुसार राहत उपलव्ध उपलग्ध गराउने, किरिया खर्च उपलव्ध गराउने लगायतका सहमति भएको छ । प्राधिकरणले आगामी दिनमा यस्तो गल्ति नदोहोरिने प्रतिवद्धता समेत गरेको छ ।
यस्तो भएको थियो घटना
गत शनिबार दिउँसो पानी परिरहेको अवस्थामा सिंचाईका लागि लागेको थ्रि फेज लाईनको तारज झरेर आगो बलेको थियो । गाउँलेहरुले तारमा लागे बलेको देखेपछि आफ्नो घरको मेन स्विच अफ गरे । त्यही समय गाउँलेले प्राधिकरणले घटनाबारे जानकारी दिए ।
दिउँसो मकवानपुरगढी घुम्न जाने सल्लाह गरी आइतबार विहान करिव ८ बजे स्थानीय मृतक लेखमाया पराजुली र उनकी बुहारी रेनुका घाँस काट्न कर्रा खोला पारी गएका थिए । दुई भारी घाँस काटेपछि बुहारीले करिव ११ बजेतिर आफ्ना श्रीमान् मदनलाई घाँसको भारी लिन बोलाए । श्रीमतिको फोनपछि खोला तरेर पारी पुगेका मदनले एउटा भारी र आमाले अर्को भारी बोके । आमा अघि लागिन् भने छोरा पछि लागे ।
घर र्फकने क्रममा छिनेर तल झरेको करेन्ट प्रावह भईरहेको आमाको खुट्टाले तारलाई छुन पुग्यो । आमालाई करेन्ट लाग्यो, पछि पछि भारी बोकेर आईरहेका छोरा मदनले आमालाई करेन्ट लागेको देखेपछि आमालाई बचाउन तार समातेर तान्ने प्रयास गरे र उनलाई पनि करेन्ट लाग्यो । सासु र श्रीमानलाई करेन्टबाट बचाउन बुहारी गईन् तर बुहारीलाई भने करेन्टले फ्याकिदियो । त्यसपछि रुदै कराउँदै आलिको बाटो हुँदै उनी करिब एक किलोमिटरको दुरीमा रहेको आफ्नो गाउँ आईन् ।
करेन्ट लागेको खबरपछि कोही गाउँले घटनास्थलतर्फ पुग्न थाले भने कोही प्राधिकरणलाई फोन गर्न थाले । घटनास्थलमा पुगेरे उनलाई बचाउन
खोज्दा कार्कीलाई पनि करेन्ट लाग्यो तर उनी सामान्य घाइते भए । प्राधिकरणको फ्युज शाखामा पटक पटक फोन गर्दा पनि लाईन काटिएन । फोन गरेको १५ देखि २० मिनेटपछि लाईन काटियो । लाईन काट्दासम्म छोरा मदन अचेत भईसकेका थिए भने आमा अलि अलि बोल्दै थिईन् । अस्पताल पुर्याउने वितिकै आमा छोरालाई मृत घोषित गरियो । करेन्ट लागेर मानवीय क्षति भईसक्ने भनेर फोन गर्दा समेत प्राधिकरणले लाईन काट्न उदासिनता देखाउँदा दुबैको मृत्यु भएको स्थानीयको गुनासो छ ।
प्रष्टखबरको टिम सोमबार विहान घटनास्थल पुग्दा सिंचाईको मोटर रहेको करिव १ किलोमिटरको दुरीमा तार लत्रिएको थियो भने त्यसतर्फ जाने लाईन काटिएको थियो । घटनास्थलमा घासको दुई भारी, चप्पल, घाँस काट्ने हसिया, पानीको बोतल, रामनामी घटनास्थलमै पाईएको थियो ।
स्थानीयको गुनासो
गाउँका अधिकांश स्थानमा पुराना काठका पोल छन् । ति पोलमा भुई नजिकसम्म तार झुण्डिएका छन् । तर प्राधिकरणलाई पोल फेर्न र झुण्डिका तार मिलाउन आग्रह गरेपनि वेवास्ता गर्ने गरेको छ । प्राधिकरणबाट मिटर ल्याएको डेढ बर्षसम्म पनि मिटर जडान नहुने र घरलाई छुनै लागेको तार सार्न आग्रह गर्दा समेत प्राधिकरण हेटौँडा शाखाले वेवास्ता गर्ने गरेको छ । प्राधिकरणले धनजनको क्षति नभई स्थानीयले प्राधिकरणमा गरेको गुनासोलाई वास्ता गर्दैन ।
(स्थानीय उषा लुईटेल, सुलोचना शर्मा लगायतसंगको कुराकानीमा आधारित)
यो पनि पढ्नुस्
हेटौंडा-१७ राजदेवीमा करेन्ट लागेर आमा छोराको मृत्यु, बुहारी घाइते
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
-1570430507.jpg)

















