२० असोज, हेटौंडा । प्रत्येक वर्ष गरिदै आईरहेको ङयुङने मौन ब्रत हेटौडा २ स्वयम्बु डाँडामा रहेको टासी हिसे गुम्बामा सोमबार सम्पन्न भएको छ ।
गत १७ गते शुक्रबारदेखि धर्मगुरु लोपेन निमा तामाङको नेतृत्वमा शुरु भएको तीन दिने ङयुङने मौन ब्रत सोमबार सम्पन्न भएको हो ।
दशैका बेला बली दिइएका विभिन्न पशुपन्छीहरुको आत्माको चीर शान्तिका लागी फापा चेङरेसी (आर्य अवातालोकेश्वर) को बन्दना गर्दै ङयुङने मौन ब्रत गरिएको हो । यसबाट अकालमा मारिएका प्राणीहरुको उद्धार, मुक्ति हुन्छ भन्ने विश्वास गरिन्छ ।
बौद्धधर्म अनुसार यसरी एकपटक निराहार मौन ब्रत बस्दा ४० कल्पसम्मका क्लेश(पापकर्म) कट्टी भइ मानव जीवनमा जन्म हुन्छ भन्ने विश्वास छ ।
ङयुङने मौन ब्रत अन्तर्गत बसिने ब्रतमा बौद्ध धर्मावलम्बी तामाङ, गुरुङ, शेर्पा, थकाली एवं हिमाली समुदायहरु दशैंका बेला तीन दिने ङयुङने मौन ब्रत बस्ने गर्दछन् ।
ब्रतको लागि मकवानपुर जिल्ला सहित ताप्लेजुङ, काभ्रे, लुम्बिनी चितवन लयगतका स्थानबाट ६४ जना लामा, आनी, ज्योमो, ब्रतालु उपासक, उपासिकाहरुको सहभागिता रहेको गुम्बाको ब्यबस्थापन समितिको अध्यक्ष कालु घलानले जानकारी दिए ।
३ दिने मौन ब्रत गत १७ गते शुक्रबार साँझ जम्मा, १८ गते सोक्छ्योङ (एक छाके खाना), १९ गते कुक्प्पा (निराहार मौन ब्रत), २० गते आज सोमबार पुजापाठ संगै गुरुबाट वाङ (अभिषेक) गरि सबैलाई खादा ओडाई समापन भएको गरिएको छ ।
यस्तै, आज नै मकवानपुरको विभिन्न गुम्बामाहरुमा पनि ङयुङने मौन ब्रत सम्पन्न भएको छ ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
-1570439254.jpg)

















