Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरी दशैंमा शान्तिसुरक्षा कायम गर्न सफलः प्रहरी उपरीक्षक सिंह

IMG_20191009_072638-1570585486.jpg

२२असोज,हेटौंडा।नेपालीहरुको माहान चाड विजयादशमीको टिकाको दिन सम्म मकवानपुरमा कुनै अप्रिय घटना नभएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन् ।

प्रष्ट खबरसंग कुरा गर्दै उपरीक्षक सिंहले घटस्थापना देखि टिकको दिनसम्म जिल्लामा छिटपुटका घटना बाहेक कुनै अप्रिय घटना नभएको बताएका हुन् । चाडपर्वलाई लक्षीत गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले राजमार्ग र नगर सुरक्षा योजना अनुसार गस्ती गरिरहेको उपरीक्षक सिंहले बताए ।

प्रहरी उपरिक्षक सिंहले नगर सुरक्षा योजना अनुसार नै पैदल, मोवाईल गस्ती, साइकल गस्ति परिचालन गरिएकाले कुनैपनि खालका अप्रिय घटना नभएको दावी गरे । चाडपर्वको बेला राजमार्गमा हुनसक्ने लुटपाटका घटना नियन्त्रण गर्न राजमार्गमा रात्रीकालीन गस्तीलाई विशेष प्राथमिकतामा राखीएको मकवानपुरका प्रहरी उपरिक्षक सिंहले बताए । 

मकवानपुरमा पर्ने पुर्वपश्चिम राजमार्गमाको सिमाना चुरियामाई देखी लोथरसम्म रात्रिबसहरुमा हतीयार सहीतका सुरक्षाकर्मी परिचालन गरिएको पनि उपरिक्षक सिंहले जानकारी दिए । 

त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बिष्णु ढकालले दशैं अवधिमा कुनै ठुला दुर्घटना नभएको बताए । प्रत्येक दिन सरप्राइज चेकिङ्ग र चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरि यात्रुलाइ सहजता प्रदान गरेकोले सवारी चापलाइ नियन्त्रण गर्न सफल भएको निरीक्षक ढकालले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार