Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पञ्चकन्या आधारभूत विद्यालयमा विवाह !

Panchakanya-School-1485256965.jpg

११ माघ, हेटौँडा । हेटौँडा–२० गैरीगाउँमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा मंगलबार विशेष रौनक थियो । विद्यालयले विद्यालयका अभिभावक, छिमेकी विद्यालयका प्रतिनिधि, स्थानीय समाजसेवी, संचारकर्मी लगायतलाई आमन्त्रण गरेको थियो ।

शिक्षक र अभिभावक आमन्त्रित पाहुनालाई खुवाउन विभिन्न परिकार बनाउन व्यस्त देखिन्थे । विद्यालय परिसरमा आधा दर्जन ब्राम्हण जग्गेमा बैद्धिक विधि पुरा गरिरहेका थिए । यि सबै काम विद्यालयमा हुन लागेको विवाह कार्यक्रमका लागि थियो । विद्यालय परिसरमा रहेको बर र पिपलको विवाहका लागि सबैलाई निम्तो गरिएको थियो । ब्राम्हणहरुले बरपिपलको बैद्धिक मन्त्रोचारण गरी विवाह सम्पन्न गरेपछि सबै सहभागिलाई भोजन र प्रसादी ग्रहण गराईएको थियो ।

विद्यालयमै यस्तो विवाह कार्यक्रम भएको आफुले पहिलो पटक देखेको राजदेवी माविका प्रधानाध्यापक सानुकाजी पाण्डेले प्रतिक्रिया दिए । यसलाई चौतारीको रुपमा विकास गर्ने सोच रहेको विद्यालय शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष कालिबहादुर राईले बताए ।
विद्यालय व्यवस्थापन समितिमा सबै महिला
विद्यालयको व्यवस्थापन समितिमा सबै महिला नेतृत्व छानिएका छन् । मंगलबार भएको विशेष अभिभावक भेलाले धनकुमारी राई, लक्ष्मी राई, मनमाया राई र सुन्तली राईलाई व्यवस्थापन समितिको सदस्यमा चयन गरेको हो ।

जनप्रिय उच्च मावि श्रोतकेन्द्रका श्रोत व्यक्ति केशवप्रसाद सञ्जेलको प्रमुख आतिथ्यता एवं विद्यालयका अध्यक्ष बीरबहादुर राईको अध्यक्षतामा विशेष अभिभावक भेला भएको हो । भेलामा त्रिभुवन माविका प्रधानाध्यापक शालिकराम घिमिरे, विद्यालयका प्रधानाध्यापक बासुदेव सापकोटा, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष कालिबहादुर राई, पूर्व विद्यार्थी अयोध्याकुमार भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Panchakanya-School1-1485256965.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार