१० माघ, हेटौँडा । दिव्य तारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरको सातौं बार्षिकोत्सव कार्यक्रम शुरू भएको छ ।
पहिलो कार्यक्रम अन्तर्गत मङ्गलबार हेटौंडा–१४ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थासँगको समन्वयमा सहकारीमा महिलाको सहभागिता बिषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी सहकारी सदस्य महिलाहरुले चुल्होचौको एवम् घाँसदाउरामा व्यस्त रहन बाध्य रहेका महिलाहरु सहकारीको माध्यमबाट सशक्तिकरण भएको बताउँदै महिलाहरुलाई सहकारीमा आबद्ध हुनका लागि अनुरोध गरेका छन् ।
सहकारीमा आबद्धता भएकै कारण अहिले विभिन्न संघसंस्थाको नेतृत्व गर्ने तहमा पदमपोखरीका महिलाहरु पुगेको उनीहरुको भनाई थियो । केही बर्ष अघिसम्म महिलाको नाममात्रको प्रतिनिधित्व हुने गरेको जानकारी दिंदै सहकारीका पूर्व अध्यक्ष लक्ष्मी थिङले पछिल्लो समय विभिन्न संघसंस्थामा नेतृत्व लिनको लागि महिलाहरु चुनाव लड्न समेत तयार हुने गरेको बताईन् ।
सहकारीमा महिलाहरु आबद्ध रहेकै कारण पदमपोखरीको गलत पहिचान अहिले सकारात्मक भएको कार्यक्रमका सहभागीको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि एवं रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले महिलाले नेतृत्व गरेको सहकारीहरु देशमै उत्कृष्ट भैरहेको भन्दै अब विकास र राजनीतिमा समेत महिलाको नेतृत्व आवश्यक रहेकोमा जोड दिए ।
यस्तै ग्रामीण महिला सेवा केन्द्र मकवानपुर अध्यक्ष लक्ष्मी मोक्तानले सहकारीमा निम्न वर्गका महिलाको निम्ति छुट्टै नीति आवश्यक रहेको बताइन् । महिला मिलन सहकारी अध्यक्ष बिष्णुमाया लामाको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो मकवानपुरका स्टेशन संयोजक राममणि दाहाल, सयपत्री थापा मगर, लक्ष्मी लामा घलान, रमा रिसाल, अनिता सिन्तान, अमिरा स्याङ्तान, सरिता राना मगर, उर्मिला लामा, दिपा लामा, हेमन्ती थापा मगर, सुमित्रा वाइवा, संगीता वाइवालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...







-nepal-1792458398.jpg)









