Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

उपभोक्ता ठग्ने उपत्यकाका २३ डिपो संचालक पक्राउ

PhotoEditor_20191019_1100-1571462370.jpg

२ कात्तिक, काठमाडौं।  उपभोक्तालाई निर्माण सामग्री बिक्री गर्दा  घोटला गर्ने २३ संचालकलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाबाट खटि गएको प्रहरी टोलीले काठमाडौंका २३ वटा इँटा, गिट्टी, बालुवा र ढुंगाको डिपो सञ्चालकलाई नियन्त्रणमा लिएको हो । उनिहरुले  निर्माण सामाग्रीको परिणाम घटाएर उपभोक्तालाई  ठग्ने गरेको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।  डिपो सञ्चालकहरुले मिनी ट्रकमा पाँच इन्चसम्मको फलामे र काठको बाकस बनाई बालुवा, गिटी, इँटा र ढु‌ंगाको परिणाम कम गरेर बेच्ने गरेका पाइएको थियो।

महाशाखाले पत्रकार सम्मेलन गरी यस बारेमा  जानकारी दिएको हो।  पक्राउ पर्नेमा जय महालक्ष्मी सप्लायर्सका प्रकाश श्रेष्ठ, बज्र इन्टरप्राइजेज सप्लायर्सका वीरेन्द्र कुइँकेल, शिवशक्ति सप्लायर्सका अर्जुन भुजेल रहेका छन । त्यसैगरी गरिमा सप्लायर्सका दीपेन्द्र केसी, कामना इन्टरप्राइजेजका बद्री गिरी, शुभकामना सप्लायर्सका सुरेन्द्र केसी, खाडादेवी निर्माण सप्लायर्सका प्राकश भण्डारी, सेतीदेवी सप्लासर्यका राजु थापा, पञ्चेश्वर सप्लायर्सका महेश्वर श्रेष्ठ, धनेश्वर सप्लायर्सका सन्तोष कुँवर, श्रीभूमि सप्लासर्यका श्यामबहादुर मगर र नो नेम सप्लायर्सका पुष्कर थापा रहेका छन ।त्यसैगरी श्रीकाली भैरव सप्लायर्सका बुद्धिराज थापामगर, कुण्डला सप्लायर्सका मदन प्रधान, कालिका सप्लायर्सका तोपनारायण श्रेष्ठ, आर्कष सप्लायर्सका अर्जुन श्रेष्ठ, स्वयम्भू सप्लायर्सका कृष्णहरि नगरकोटी, महालक्ष्मी सप्लायर्सका मनोहर श्रेष्ठ, भ्याली क्वालिटी सप्लायर्सका जोगबहादुर तामाङ (विजय) गोारखाली सप्लायर्सका गोपाल भण्डारी, विज्ञान सप्लायर्सका सिंहबहादुर तामाङ र नवअरुण सप्लायर्सका रामकृष्ण श्रेष्ठ रहेका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा ग्राहकहरुलाई १०० क्यूफिट प्रति ढुवानी (ट्रिप) भनी बिक्रि गर्दा जम्मा ८२.६३ क्यूफिट मात्र ढुवानी गरेको पाईएकोले प्रति ढुवानीमा रु. १,६२०।– देखी रु.२,२००।– सम्म ग्राहकहरुलाई नोक्सानी हुन पुगेको देखिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार