२ कात्तिक, हेटौंडा । तीनै तहको सरकारले कर लगाउँदा आफुहरु मारमा परेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले आन्दोलन गर्ने चेतावनी दिएको छ ।
शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघ मकवानपुरले मंसिर २ गतेसम्म आफूहरुको माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।
सामुदायिक बनमा राज्यका तिनै तहले छुट्टा छुट्टै गरि तेहेरो कर लागु गरि उपभोक्ता समितिहरुलाई मर्कामा पारेको उनीहरको आरोप छ ।
स्थानीय, प्रदेश र संघीय सरकारबाट तेहेरो करको मारमा सामुदायिक वन परेको भन्दै महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंले एक महिना भित्र उक्त करको प्रावधान नहटाए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
सरकारले केन्द्रबाटै संघीय सञ्चित कोषका लागि १५ प्रतिशत र १३ प्रतिशत काठमा १३ प्रतिशत मुल्य अभिवृद्धि कर लिने गरेकोमा संघीयता लागु भएसँगै सँघ, प्रदेश तथा स्थानीय सरकारले विभिन्न शिर्षकमा गरि ७३ प्रतिशत कर लगाउने नियमप्रति महासँघले असहमति जनाएको हो ।
सामुदायिक बनमा हालसम्म लगाउदै आएका वन पैदावर शुल्क र नयाँ प्रस्ताव गरिएका सबै तहका बन पैदावर शुल्कहरु हटाउन महासँघले अपिल गरेको छ ।
पत्रकार सम्मेलनमा सामुदायिक बन उपभोक्ता महासँघ प्रदेश नम्बर तीनका सदस्य रामहरि चौलागाई, जिल्ला अध्यक्ष साधुराम चौलागाई लगायत विभिन्न सामुदायिक बन उपभोक्ता समितिहरुको उपस्थिति रहेको थियो ।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















