सुनिल शिवाकोटी
४ कात्तिक, हेटौंडा। तिहार नजिकिएसँगै चाडवाडमा उपभोग्य वस्तु मिसावस, लेवल नभएका सामनको बिक्री वितरण हुन सक्ने भन्दै हेटौंडा बजारको उनुगमनमा तिब्रता दिइएको छ।
यसै क्रममा अनुगमन टोलीले कोल्ड ड्रिंक्स बेच्न अनुमति लिएर तरकारी र किराना साम्रगी बेचेको भन्दै हेटौडा ५ मा रहेको शिशिर किराना एण्ड कोल्ड स्टोर्सलाई तीन दिन भित्र खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा सम्पर्क गर्न निर्देशन दिईएको छ ।
खाध तथा गुण नियन्त्रण कार्यालयको तथा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको अनुगमन य उक्त पसलमा अधिकांश सामान म्याद सकिएका, पसलमा राखिएको तरकारि तथा फलफुल सडेगलेको र फोहोर पाएपछि तीन दिन भित्र कमजोरि सच्याएर खाद्य तथा गुण नियन्त्रण कार्यालयमा हाजिर हुन निर्देशन दिईएको हो ।अनुगमन टोलीले उक्त पसलबाट म्याद गुज्रियका कुरकुरे, डिउ, पेप्सी, बिस्कुट, ग्लुकोज, स्प्राईट, बेसन लगाएतका सामाग्री जफत गरेको छ ।
यस्तै घरेलु तथा साना उद्योगमा किराना तथा कोल्ड ड्रिङ्क्सका नाममा दर्ता भएपनि पसलबाट तरकारी, फलफुल, किराना तथा खाधान्न सामानको समेत विक्रि वितरण गरेको पाइएको छ ।तोकिएको मितिभित्र मापदण्ड पुरागरी पसल संचालनमा ल्याउँन एक पटकका लागी मौका दिइएको बताउँदै अनुगमन टोलिमा रहेक खाद्य निरिक्षक खगेन्द्रप्रसाद खतिवडाले नसच्चिए प्रचलित कानुनबमोजिम कारबाही गरिने बताए ।
सोमबार हेटौंडाका १३ वटा किराना पसलहरूमा गरिएको अनुगमनबाट अधिकांश पसलहरूमा म्याद समाप्त भएका सामानहरू जफत गरिएको छ ।
खाध तथा गुण नियन्त्रण कार्यालयको नेतृत्वमा भएको अनुगमनमा हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर २, ४ र ५ मा संचालित किराना पसलहरुमा अनुगमन गरिएको हो ।अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका नायव सुब्वा सहदेव आचार्य, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष बासु खतिवडा, उपभोक्ता मन्च नेपाल मकवानपुरका सचिव नवराज कोइराला,खाध तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक खगेन्द्र खतिवडा, खाद्य प्राविधिक सरोज पौडेल, घरेलु कार्यालयका पत्रकारहरू लगायतकको सहभागिता रहेको थियो ।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















