Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ज्याकेट भित्र ४ किलो गाँजा,२ जना पक्राउ

IMG_20191022_151454-1571738594.jpg

५ कात्तिक, हेटौंडा। मकवानपुर प्रहरीले ज्याकेट भित्र लुकाइ छिपाई ल्याएको ४ किलो लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।

मकवानपुर प्रहरी  पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटोबाट ४ किलो लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो। मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी गराएको हो।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी सहायक निरीक्षक महानन्द प्रसाद कुर्मीको कमाण्डमा खटि गएको प्रहरी टोलीले हेटौडाबाट विरगंज तर्फ जाँदै गरेको ना ५५ प ६०२५ नम्बरको मोटरसाइकललाई रोकि चेकजाँच गर्दा लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको हो। 

प्रहरीले मोटरसाइकल पछाडी बस्ने पर्सा बहुद्रामाई नगरपालिका ३  बस्ने २६ बर्षिय असलम देवानले कपडाको ज्याकेट बनाइ भोटो भित्र गाँजा राखि ल्याएको अवस्थामा पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले पत्रकार सम्मेलनमा  बताएका छन्। 

प्रहरीले देवान सहित मोटरसाइकल चालक सोहि नगरपालिका १ बस्ने ३८ बर्षीय शम्भु साह कलवार लाइ पनि पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भट्टराईले बताएका छन्। पक्राउ परेका दुई जनालाई  जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको र उनिहरू माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

थप समाचार