६ कात्तिक, हेटौंडा । राष्ट्रिय साँस्कृतिक पहिचान र गौरव बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायीरुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै मन्त्रालयले विकृतिपूर्ण क्रियाकलाप भएरगरेमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट तोकिएको समयावधि र प्रक्रियाको परिपालना गरी देउसी–भैलो कार्यक्रमलाई मनोरन्जनात्मकरुपमामात्र लिएर आयोजना गर्न आग्रह गर्दै कुनै अनुचित दबाबमूलक माग राखेर पत्राचार नगर्न भनेको छ ।
लागुपदार्थ निषेध र मदिरा नियन्त्रण अभियानलाई उच्च प्राथमिकतामा राखेर विविध कार्यक्रम सन्चालनमा ल्याएको सन्दर्भमा त्यसको परिपालना गर्न अग्रह गर्दै मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा मंगलबार जारी विज्ञप्तिमा नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत तुल्याइ समाजमा नकारात्मक असर पर्नेखालका गीत–संगीत तथा श्रव्यदृष्य सामग्री उत्पादन, गायन, प्रसारण र बिक्री–वितरण गरेमा प्रचलित कानुनअनुसार कारबाही गर्ने व्यवस्था गर्न मातहताका निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
यमपञ्चक तिहारको समयमा यात्रीहरुको सहज आवागमनका लागि र सुपथ मूल्यमा गुणस्तरयुक्त खाद्यान्नको सहज उपलब्धता तथा शान्ति र सुव्यवस्था कायम गर्न गृह मन्त्रालयले मातहतका निकायलाई २४सै घन्टा परिचालन गरिएको जनाएको छ ।
जिल्लागतरुपमा चाडाडकेन्द्रित विशेष सुरक्षा योजना बनाइ लागू गरिसकिएको भन्दै मन्त्रालयले उक्त कार्यमा यातायात व्यवसायी, सन्चारकर्मीलगायत सबैले सामाजिक उत्तरादायित्वअन्तर्गत् आ–आफ्नो तर्फबाट सेवा र्पुयाउन आग्रह गरेको छ ।
यस्तै गृह मन्त्रालयले प्रज्वलनशील पदार्थ प्रयोग, आयात तथा उत्पादनमा पूर्ण प्रतिबन्ध लगाएको जनाउँदै यस्ता गतिविधि गरे कारबाही हुने जनाएको छ ।
दीपावली मनाउनेक्रममा भुइँचम्पा, पटाका, आतिसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पर्ने, घाइते हुने र आगलागी भएर जनधनको क्षति हुने भएकाले त्यस्ता विस्फोटक र प्रज्वलनशील पदार्थको उत्पादन, आयात, खरिद, बिक्री–वितरण नगर्न र नगराउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















