१४ माघ, हेटौंडा । राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबारबाट मकवानपुर क्षेत्र नम्बर–३ को छनौट सुरु भएको छ । हेटौंडाको हुप्रचौरमा भएको छनौटको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले उद्घाटन गरेका हुन् ।
मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाको अध्यक्षतामा भएको उद्घाटनमा स्थानीय विकास अधिकारी नारायण मैनाली, स्रोतव्यक्ति किरण आचार्यलगायतको आतिथ्यता रहेको थियो । शुक्रबार भएको छनौटबाट १५ सय मिटर, ८ सय मिटर, २ सय मिटर, १ सय मिटर र सटपुट तर्फका बिद्यार्थी छनौट भएका छन् ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुसराजले दिएको जानकारी अनुसार १५ सय मिटर दौडमा वंशगोपाल उच्च माविका शरण थिङ, कृष्ण आदर्श माविमा निर्मल चौलागाईं, महेन्द्रकिरण मावि बसामाडीका भीमराज घलान, जनजागृति मावि चुरियामाइकी अञ्जना बिक, वंशगोपालकी सपना तिमल्सिना र विपना गौतम छनौट भए ।
यस्तै ८ सय मिटर दौडमा जनज्योति माविका अनिल बल, सिद्धार्थका बुद्ध ब्रम्हु, वंशगोपालका नवीन गुरुङ, कृष्ण आदर्श माविका अप्सरा भारती, जनजागृति विद्यालयका सुष्मा विक र सिद्धार्थ माविका सलिना केसी छनौट भए । १ सय मिटर दौडमा वंशगोपालका अमन गोले र विवेश माझी, महेन्द्रकिरणका सन्देश राई र मनिषा राई, चन्द्रोदयका उषा मगर र जनजागृतिका सुष्मिता वाईबा छनौट भएको खुसराजले जानकारी दिए ।
त्यसैगरी २ सय मिटर दौडमा भृकुटी माविका रुपेश मोक्तान, सिद्धार्थका विजय केसी, वंशगोपालका विवेश माझी, चन्द्रोदयका उषा मगर, महेन्द्र उमाविका मनिषा राई र अष्मिता राई तथा सटपुटमा ज्ञानदा माविका सुमन नेपाली, जनजागृतिका सुरेश दोङ, सिद्धार्थका विजय केसी, वंशगोपालका एन्जिला परियार र जनजागृतिका सुष्मा वाईबा र विपना थिङ चयन भएका छन् ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...














-1786686763.jpg)

-1786539267.jpg)

