१४ माघ, हेटौंडा । राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबारबाट मकवानपुर क्षेत्र नम्बर–३ को छनौट सुरु भएको छ । हेटौंडाको हुप्रचौरमा भएको छनौटको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले उद्घाटन गरेका हुन् ।
मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाको अध्यक्षतामा भएको उद्घाटनमा स्थानीय विकास अधिकारी नारायण मैनाली, स्रोतव्यक्ति किरण आचार्यलगायतको आतिथ्यता रहेको थियो । शुक्रबार भएको छनौटबाट १५ सय मिटर, ८ सय मिटर, २ सय मिटर, १ सय मिटर र सटपुट तर्फका बिद्यार्थी छनौट भएका छन् ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुसराजले दिएको जानकारी अनुसार १५ सय मिटर दौडमा वंशगोपाल उच्च माविका शरण थिङ, कृष्ण आदर्श माविमा निर्मल चौलागाईं, महेन्द्रकिरण मावि बसामाडीका भीमराज घलान, जनजागृति मावि चुरियामाइकी अञ्जना बिक, वंशगोपालकी सपना तिमल्सिना र विपना गौतम छनौट भए ।
यस्तै ८ सय मिटर दौडमा जनज्योति माविका अनिल बल, सिद्धार्थका बुद्ध ब्रम्हु, वंशगोपालका नवीन गुरुङ, कृष्ण आदर्श माविका अप्सरा भारती, जनजागृति विद्यालयका सुष्मा विक र सिद्धार्थ माविका सलिना केसी छनौट भए । १ सय मिटर दौडमा वंशगोपालका अमन गोले र विवेश माझी, महेन्द्रकिरणका सन्देश राई र मनिषा राई, चन्द्रोदयका उषा मगर र जनजागृतिका सुष्मिता वाईबा छनौट भएको खुसराजले जानकारी दिए ।
त्यसैगरी २ सय मिटर दौडमा भृकुटी माविका रुपेश मोक्तान, सिद्धार्थका विजय केसी, वंशगोपालका विवेश माझी, चन्द्रोदयका उषा मगर, महेन्द्र उमाविका मनिषा राई र अष्मिता राई तथा सटपुटमा ज्ञानदा माविका सुमन नेपाली, जनजागृतिका सुरेश दोङ, सिद्धार्थका विजय केसी, वंशगोपालका एन्जिला परियार र जनजागृतिका सुष्मा वाईबा र विपना थिङ चयन भएका छन् ।
३ चैत, हेटौंडा । हेटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...
३ चैत, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल...
३ चैत, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा...
३ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ...
३ चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...
२ चैत, हेटौंडा । आगामी चैतको ३ गते काठमाडौँमा महिला नेतृत्व शिखर सम्मेलन हुने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति...
२ चैत, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। एमाले केन्द्रीय...
२ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...
२५ फागुन, हेटौंडा । हेटौंडा-१ स्थित राप्ती खोलामा डुबेर हेटौंडा ५ पिप्लेका एक युवकको मृत्यु भएको छ । आइतबार...
१९ फागुन, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु...
२१ फागुन, हेटौंडा । बागमती प्रदेशको काभ्रे र मकवानपुरको तीन पालिका जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राख्ने...
१९ फागुन, हेटौंडा। हेटौंडा ७ न्युरेनी चिसापानि स्थित कर्रा खोलामा तटबन्ध निर्माण कार्यको शिलान्यास गरिएको छ।...
२६ फागुन, हेटौंडा। मकवानपुरमा सडक खन्ने क्रममा पहिरोमा परेर स्काभेटर पुरीएको छ । मकवानपुरको भिमफेदी...
१९ फागुन, हेटौंडा। हेटौंडाको टिसिएनचौरमा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सम्पन्न भएको...
२७ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा बारा कोल्वीमा एक महिलाको ज्यान गएको छ भने २ जना...
२४ फागुन, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा-६ नम्बर कार्यसमितिले शनिबार क्रियाशील जागरण तथा वनभोज कार्यक्रम...
२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा...