८ कार्तिक, हेटौंडा । हेटौडा–१९ बस्तीपुरमा रहेको जनहित सामुदायिक वन उपभोक्ता समूहको २४ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभामा समूहका अध्यक्ष विक्रम बहादुर पण्डितले प्रगति प्रतिवेदन र कोषाध्यक्ष अमृत पाठकले आव ०७५÷०७६ को लेखापरीक्षण प्रतिवेदन र चालु आव ०७६÷०७७ को लागि ७९ लाख १७ हजारको अनुमानित आय व्यय विवरण प्रस्तुत गरेका थिए ।
साधारणसभामा समूहको वन संरक्षणमा महत्वपूर्ण योगदान गर्ने हर्क बहादुर थिङ र राजकुमार भेटवाललाई सम्मान गर्नुको साथै निर्मल मावि र जापानी मैत्री प्राविलाई स्टेशनरी वितरण गरिएको थियो । डिभिजन वन कार्यालय, राप्तीका निमित्त कार्यालय प्रमुख सुरेश प्रसाद गुप्ताको प्रमुख आतिथ्यता एवम समुहका अध्यक्ष विक्रम बहादुर पण्डितको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।
भेलामा सव डिभिजन वन कार्यालय, बसामाडीका प्रमुख चेतनाथ कडेल, सामुदायिक वन उपभोक्ता महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, समूहका संरक्षक सल्लाहकार हरिबंश भेटवाल, सल्लाहकार हरिबहादुर पण्डित, मनहरी वर्तौला, रामचन्द्र बत्र्तौला, चनौटा सामुदायिक वनका अध्यक्ष रामप्रसाद पौडल, संचारकर्मी भीमसेन पौडेल, निर्मल बहुमुखी क्याम्पसका प्राचार्य सुवासचन्द्र कँडेल, जागरण टोल विकास संस्थाका अध्यक्ष ओमनाथ पुडासैनी, समूहका उपाध्यक्ष सन्तोष उप्रेती, सचिव ओममाया बत्र्तौला लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















