Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रेडियो मकवानपुरद्वारा कृषक र स्वरोजगार सम्मानित 

20170129_151417-1485698942.jpg

१६ माघ, हेटौंडा । रेडियो मकवानपुरले अाफ्नो सातौं बार्षिकोत्सवको अवसरमा कृषक र स्वरोजगार गरि दुई जनालाई सामुदायिक सम्मान गरेको छ । अाईतबार हेटौंडामा भएको कार्यक्रममा महिला स्वरोजगारतर्फ गिता परियार र कृषि क्षेत्रबाट कृषक रामलाल श्रेष्ठलाई सम्मान गरेको हो ।

दुबैको कामले समाजमा प्रेरणा बढाउनुका साथै अात्मनिर्भरतामा योगदान गरेको जनाईएको छ । त्यसैगरी, रेडियोकि प्रस्तोता मिना बललाई समेत सम्मान गरिएको छ । तीनैजनालाई दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद महालक्ष्मी डिना उपाध्यायले सम्मान गरेकी थिईन् ।

रेडियोका अध्यक्ष अानन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा नगरपालिकाका प्रवन्धक शंकर उपाध्याय, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्साल, महिला बालबालिका कार्यालयका प्रमुख शोभा शाह, नेपाल पत्रकार महासंघका सदस्य सुरेश श्रेष्ठ, सम्मान छनौट समितिका सदस्य प्रकाश खतिवडा, रेडियोका स्टेसन संयोजक राममणी दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक एवम् व्यवसायिक संघसंस्थाका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

20170129_152002-1485698943.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार