१५ कार्तिक, हेटौंडा । हेटौँडाकी विन्दबिासिनी कंसाकारलाई एसिड प्रहार गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । भारतीय नागरिक भारत महाराजगंज अमरपुर्वन वडा नम्बर ६ का राज भनिने दिलिपराज केशरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
हेटौँडामा बस्दै आएका केशरीले कंसाकारलाई २०७० साल बैशाख ९ गते पसलमै गएर एसिड प्रहार गरी फरार भएका थिए । आफुले राखेको विवाहको प्रस्ताव अस्विकार गरेको भन्दै केशरीले कंसाकारलाई एसिड प्रहार गरेका थिए । अनुहारमा एसिड प्रहार भएपछि कष्ट व्यहोर्दै उनले विभिन्न अस्तालमा उपचार गर्नु परेको थियो । दोषिलाई कारवाहीको माग गर्दै त्यति बेला र्याली समेत आयोजना भएको थियो । मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले पत्रकार सम्मेलन गरी केशरीलाई सार्वजनिक गरेका थिए ।
केशरीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा बाराका प्रहरी नायव निरीक्षक सागर शम्सेर जवरासहितको टोलीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका भलोहीमा लुकिछिपि बसेको अवस्थामा विहिबार राति ९ बजे पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । ज्यान मार्ने उद्योग मुद्धामा फरार रहेका उनलाई ५ बर्षदेखि १२ बर्ष कैद हुने व्यवस्था छ ।
उपचारमा खर्च भएको रकम पीडकबाट भराउनुपर्छ : कंसाकार
एसिड प्रहारबाट पीडित विन्दबासिनी कंसाकारले पत्रकार सम्मेलनमा पिडक पक्राउ परेको प्रति सकारात्मक प्रतिक्रिया दिएकी छिन् । उनले प्रहरीको कार्यको प्रशंसा समेत गरिन् । उनले घटनाको दोषि पक्राउ परेकोमा खुशी व्यक्त गर्दै कानूनी कारवाहीको माग गरेकी छिन् । उनले आफ्नो उपचारमा भारतीय रुपैंया ८० लाख रुपैँया खर्च भएको भन्दै पिडकबाट रकम भराउन माग गरिन् ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















