सुजन विडारी
१७ माघ, हेटौँडा । पूर्वपश्चिम राजमार्ग क्षेत्र अन्तरगत हेटौडामा भईरहेको सडक विस्तारको काम तत्काल अघि नबढ्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले प्रतिवद्धता व्यक्त गरेका छन् ।
मन्त्रालयमा सोमबार बसेको बैठकमा मन्त्रालयको कार्यदलले रिपोर्ट तयार गरेपछि मात्रै सडक विस्तारबारे निर्णय गर्ने सहमति भएको बैठकमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले बताए । यसअघि सडक विस्तार भएको स्थान सरसफाई गर्ने बाहेक बजारमा संरचना भत्काउने काम नहुने मन्त्री लेखकको प्रतिवद्धता छ ।
बानियाँका अनुसार बैठकमा सहभागी मकवानपुरका सरोकारवालाहरुले हेटौँडामा ४ किलोमिटर सडक क्षेत्र परिवर्तन गरी बाईपास प्रयोग गर्दा संरचना जोगिने भएकाले त्यसतर्फ ध्यान दिन मन्त्री लेखकलाई सुझाव दिएका थिए । उनीहरुले सडक विस्तार नै गर्नुपरे मुआव्जा र २५/२५ मिटर नभई १६/१६ मिटर कायम गर्न सकेपनि क्षति कम हुनेतर्फ पनि सचेत गराएका थिए । त्रिभुवन राजपथमा भौगोलिक दृष्टिकोणले पनि २५/२५ मिटर कायम गर्न नसक्ने भएकाले यसलाई पर्यटकिय मार्गको रुपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । छलफलमा अदालती प्रक्रिया चलिरहेकाले अदालतको आदेश पर्खिन पनि उनीहरुले मन्त्री लेखकको ध्यानाकर्षण गराएका थिए ।
छलफलमा मन्त्री लेखकले मन्त्रालयले देशैभरी सडक विस्तारका क्रममा देखिएका समस्या समाधानका लागि कार्यदल गठन गरेको बताउँदै केही दिनभित्रै कार्यदल हेटौँडा पठाउने बताएका थिए । कार्यदलले दिने प्रतिवेदन अध्ययनपछि पुनः जिल्लाका सरोकारवालाहरुसँग छलफल गरी सडकको काम अघि बढाउने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।छलफलमा पूर्व उपप्रधानमन्त्री एवं राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापा, राज्यमन्त्री एवं काँग्रेस जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ, जिल्लाका सांसदहरु, उद्योग बाणिज्य संघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
छलफल सकारात्मक भएको उद्योग बाणिज्य संघका महासचिव महेन्द्र राउतले बताए । कार्यदललाई पनि अहिलेको धारणामा सहमत गराउन प्रयास जारी राख्नुपर्ने उनको भनाई छ ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







