१७ माघ, हेटौंडा । नयाँ शक्ति पार्टीनिकटको संगठन दलित शक्ति नेपाल मकवानपुरको संयोजकमा गणेश रसाइली चयन भएका छन् ।
सोमबार हेटौंडामा भएको भेलाले रसाइली संयोजक रहने गरी ५१ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरिएको हो । जसको सहसंयोजकमा गोपिलाल विक, सदस्यहरुमा बुद्धिमाया विक, जानकी परियार, कृष्णमाया सुनार, प्रकाश सुनारलगायत रहेका छन् ।
दलित शक्ति नेपालका केन्द्रीय सहसंयोजक रविन्द्र सुनारको प्रमुख आतिथ्यतामा भएको भेलामा ३ नम्बर प्रदेश संयोजक दिलमाया गहतराज पार्टीका केन्द्रीय परिषद सदस्य जीवनमान मोक्तान, घरघरमा नयाँ शक्ति अभियान मकवानपुरका संयोजक विवेक वाइबा, दलित तथा अल्पसंख्यक विभाग संयोजक लिलाराज सुनारलगायतकाको आतिथ्यता रहेको थियो ।
यसैगरि, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा नयाँ शक्तिले सुरु गरेको हस्ताक्षर अभियानलाई टोलस्तरमा लगिएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाको १ र ४ नम्बर वडामा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ ।
पार्टीका नेताहरु डिबी थापा, राजन मैनाली, रमेश न्यौपाने, प्रेमनारायण गौतम लगायतको सहभागितामा घरघरमा हस्ताक्षर अभियान चलाइएको बताइएको छ । हेटौंडाको वुद्धचोकमा पनि पार्टीले हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।
माघ मसान्तसम्ममा मकवानपुरबाट २० हजार हस्ताक्षर संकलन गर्ने लक्ष्य रहेको पार्टीले जनाएको
छ ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

















