Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

समयमै रंगशाला मर्मत नहुँदा नेपाल–कुवेतविचको खेल भुटानमा हुने

football-association-anfa-1573178022.jpg

२२ कार्तिक, हेटौंडा । नेपाल र कुवेतबीच दशरथ रंगशालामा हुने भनिएको विश्वकप छनोटको फुटबल खेल भुटानमा हुने भएको छ । 
एसियाली फुटबल महासंघ (एएफसी)का प्रतियोगिता समितिका प्रतिनिधि देङ सिओ लोङले रंगशालाको निरीक्षण गरी बुझाएको प्रतिवेदनपछि फिफा र एएफसीले नेपालको दशरथ रंगशालामा हुने भनिएको खेलको स्थान परिवर्तन गरिएको हो । 
देङ सिओ लोङले बुझाएको प्रतिवेदनमा दशरथ रंगशालालाई अयोग्य ठहर गर्दै एन्फालाई खेलस्थल परिवर्तन गर्न निर्देशन दिएको हो ।
रंगशाला निरीक्षण पछि टोलीले खेलस्थल मर्मत हुँदै गरेको र खेल हुने समयसम्म पनि पुनःनिर्माण कार्य सम्पन्न नहुने भएकोले स्थान परिवर्तन गर्न सिफारिस गरेको थियो । 
रंगशालाको निरीक्षण गरी बुझाएको प्रतिवेदनपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै कुवेतसितको खेल सार्न निर्देशन आएको एन्फा प्रवक्ता किरण राईले बताए । उनले फिफा र एएफसीको निर्देशनअनुसार तटस्थस्थल भुटानको रंगशालाका लागि प्रस्ताव गरिएको पनि जानकारी दिए ।
यसअघि विश्वकप छनोटको सो खेल आउँदो मंसिर ३ गते दशरथ रंगशालामा हुने तय भएको थियो ।
मैदानकै अभावमा नेपालले विश्वकप छनोटका ‘अवे’ खेलहरु खेलिसकेको छ भने ‘होम’ खेल रंगशालामा खेल्नुपर्नेमा भुटान जानुपर्ने भएको हो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार