२२ कार्तिक, हेटौंडा । नेपाल र कुवेतबीच दशरथ रंगशालामा हुने भनिएको विश्वकप छनोटको फुटबल खेल भुटानमा हुने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)का प्रतियोगिता समितिका प्रतिनिधि देङ सिओ लोङले रंगशालाको निरीक्षण गरी बुझाएको प्रतिवेदनपछि फिफा र एएफसीले नेपालको दशरथ रंगशालामा हुने भनिएको खेलको स्थान परिवर्तन गरिएको हो ।
देङ सिओ लोङले बुझाएको प्रतिवेदनमा दशरथ रंगशालालाई अयोग्य ठहर गर्दै एन्फालाई खेलस्थल परिवर्तन गर्न निर्देशन दिएको हो ।
रंगशाला निरीक्षण पछि टोलीले खेलस्थल मर्मत हुँदै गरेको र खेल हुने समयसम्म पनि पुनःनिर्माण कार्य सम्पन्न नहुने भएकोले स्थान परिवर्तन गर्न सिफारिस गरेको थियो ।
रंगशालाको निरीक्षण गरी बुझाएको प्रतिवेदनपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै कुवेतसितको खेल सार्न निर्देशन आएको एन्फा प्रवक्ता किरण राईले बताए । उनले फिफा र एएफसीको निर्देशनअनुसार तटस्थस्थल भुटानको रंगशालाका लागि प्रस्ताव गरिएको पनि जानकारी दिए ।
यसअघि विश्वकप छनोटको सो खेल आउँदो मंसिर ३ गते दशरथ रंगशालामा हुने तय भएको थियो ।
मैदानकै अभावमा नेपालले विश्वकप छनोटका ‘अवे’ खेलहरु खेलिसकेको छ भने ‘होम’ खेल रंगशालामा खेल्नुपर्नेमा भुटान जानुपर्ने भएको हो ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















