२१ माघ, हेटौँडा । ग्रामीण महिला सेवा केन्द्रले आर्थिक वर्ष २०७२/०७३ मा सम्पन्न गरेको कार्यक्रमहरुको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेतृत्व विकासले पहुँच र नीति निर्माणमा महिलाको सहभागिता वृद्धि हुने सहभागीहरुले बताएका छन् । महिलाको सामाजिक–आर्थिक सशक्तिकरणका लागि जसको सवाल उसकै नेतृत्व हुनुपर्नेमा सहभागीहरुले कार्यक्रममा जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले राज्यले बनाएका संयन्त्रलाई बलियो बनाउन गैरसरकारी संस्थाहरुले सहयोग गर्नुपर्ने बताए । हेटौँडा उपमहानगरपालिकाका अधिकृत जगन्नाथ सापकोटाले गैससलाई स्थानीय निकायसँग सहकार्य गरी काम गर्न आग्रह गरे ।
केन्द्रका अध्यक्ष लक्ष्मी मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष उर्मिला कार्की, सदस्य मेनुका दाहाल, सल्लाहकार बिष्णु लामिछाने, नारी सीप सिर्जना केन्द्रका अनोजकुमार खड्कालगायतले मन्तव्य गरेका थिए ।
केन्द्रद्धारा सञ्चालित महिला सशक्तिकरण कार्यक्रम सक्षम तेश्रो तथा विद्यालय विपद् जोखिम न्यूनीकरण परियोजनासम्बन्धी कार्यक्रमको प्रगति प्रतिवेदन कार्यक्रम संयोजक पोषक भण्डारीले प्रस्तुत गरेका थिए । केयर नेपालसँगको साझोदारीमा
सञ्चालित दुवै कार्यक्रमको आर्थिक प्रगति प्रतिवेदन
प्रशासन तथा वित्त अधिकृत सम्झना ब्लोन कार्यक्रममा प्रस्तुत गरेकी थिईन् ।
युवा महिला संगठन कार्यक्रमका कार्यक्रम संयोजक रेश्मी कार्कीले कार्यक्रमको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रगति प्रस्तुत गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष एवं रेडियो मकवानपुरका स्टेशन संयोजक राममणि दाहालले सहजीकरण गरेका थिए ।
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...

















