Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अमरेशले ओलीलाई मानसिक रोगी भनेपछि तनाव

सरकारको कार्यशैलीप्रति माधव नेपालको चित्तदुखाई

Madhav-n-Amresh-1469286720.jpg

८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने क्रममा नेपाली कांग्रेस सांसद अमरेशकुमार सिंहले ओलीलाई मानसिक रोगी भनेपछि केही बेर संसदमा तनाव उत्पन्न भएको छ । बोल्ने क्रममा अमरेशले ओलीलाई मानसिक सन्तुलन ठीक नभएको आरोप लगाएपछि एमालका सभासदले उठेर संसद अघि बढ्न दिएनन् । एमाले सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति गर्दै अमरेशको भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए थिए । सभामुख ओनसरी घर्तिले अमरेशको भनाई सांसदको रेकर्डबाट हटाउने र संसदहरुलाई मर्यादित भएर बोल्न रुलिङ गरेपछि संसदिय प्रक्रिया अघि बढेको थियो ।
माधव नेपाल भाबुक
छलफलमा भाग लिने क्रममा नेकपा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भावुक भएर आफ्नो धारणा राखेका थिए । उनले विगतमा आफु प्रधानमन्त्री भएर एमाले नेतृत्वमा सरकार चलाएपनि आफ्नो कार्यकालमा भएका कामबारे चर्चा नभएको भन्दै आफुलाई यो विषयले घोचेको बताए । उनले अहिलेले एमालले सरकार संचालन गरेपनि आफुहरुले त्यस्तो भान गर्न नपाएको र संस्थागत भन्दा पनि व्यक्तिगत रुपमा काम भईरहेको भन्दै गुनासो गरेका थिए । ओलीको नाम नलिई उनले नेपालमा दल भित्र पनि गुट हावि भएको भन्दै यसले देशलाई फाइदा नगर्ने बताए ।
छलफलमा नेपाली काँग्रेसका मिनेन्द्र रिजाल, रमेश लेखक, प्रदीप गिरी, एमालेका राजन भट्टराई, नेकपा माओवादी केन्द्रका राम कार्की, हरिबोल गजुरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुशील श्रेष्ठ, तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण लगायतले धारणा राखेका थिए । 

संसद बैठक आइतबार बस्ने
संसदमा पेश भएको अविश्वासको प्रस्ताव माथि छलफल गर्न आइतबार पनि संसद बोलाईएको छ ।  सभामुख ओनसरी घर्तीले आइतबार विहान ११ बैठक बस्ने भन्दै शनिबारका लागि बैठक स्थगित गरेकी छिन् ।सांसद एवं नेकपा केन्द्रका संयोजक पुष्पकमल दाहालले शुक्रबार प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि सभामुख घर्तिले तीन छलफल हुने बताएकी थिईन् । आइतबार मतदानबाट प्रस्तावबारे निर्णय लिईनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार