२२ माघ, हेटौंडा । नेपाली काँग्रेस क्षेत्र नम्बर १ को हर्नामाडी, हटिया, मकवानपुर गढी गाविस र हेटौंडा उपमहानगरपालिको १९ देखि २५ वडासम्मको ७ वटा वडाको एकदिने संयुक्त प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
स्थानीय निकायको निर्वाचनलाई लक्षित गरी पहिलो चरणको कार्यक्रम अन्तरगत नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति दामोदर खनालको सभाध्यक्षता, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद मिन विश्वकर्माको प्रमूख आथित्यतता तथा विशिष्ट अथिति नेपाली काँग्रेस मकवानपुरका सभापति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको उपस्थितिमा प्रशिक्षण कार्यक्रम भएको थियो ।
प्रशिक्षण कार्यक्रममा प्रमूख अथिति विश्वकर्माले समसामयिक राजनीतिक घट्नाक्रम, राजनीतिक तथा अहिलेको संविधानको विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।
राज्यमन्त्री बानियाँले विकासको निम्ति आफूले यो क्षेत्र नम्बर १ को लागि आफूले अहिलेसम्म धेरै कार्य गरेको र भोलिका दिनमा पनि आफूले सक्नेसम्म गरिरहने बताउँदै नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा हरेक परिवर्तन गर्दै आएकाले विकास र जनताको सपनालाई साकार पार्न र फेरीपनि काँग्रेसले जिते अझ धेरै विकास निर्माणका कार्य हुने भन्दै काँग्रेसलाई जिताउन जनता लाग्नुपर्ने बतााए ।
राज्यमन्त्री बानियाँले लोकतन्त्र जित्नको लागि काँग्रेसको जित अपरिहार्य रहेको बताउँदै विभिन्न ठाउँमा भ्रष्टाचारको आरोप खेपेर आएको मान्छेहरुको बहानाको पछाडि नलाग्न पनि सबैलाई आग्रह गरे ।
प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य रामबाबु बानियाँ, सल्लाहाकार दामोदर सुवेदी, नगर सभापति आनन्दराम पराजुली, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, १ नम्बर क्षेत्रीय सचिव सुभात सिं थिङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा एमाले, राप्रपा, एमाओवादी र अन्य विभिन्न पार्टी परित्याग गरी क्षेत्र नम्बर १ बाट २ दर्जनभन्दा बढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
त्यस्तै क्षेत्र नम्बर १ को दोस्रो चरणको प्रशिक्षण कार्यक्रम बकैयाँ गाउँ पालिका अन्र्तगत ठिंगन, मन्थली, शिखरपुर, धियाँल तथा छतिवन गाविसको यही माघ २९ गते हात्तिसुँढेमा र बाग्मती गाउँपालिकाअन्र्तगत बेतिनी, राईगाउँको फापरवारीमा फागुन १ गते प्रशिक्षक नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा र महेश दाहालले प्रशिक्षण दिने कार्यक्रम तय भएको काँग्रेस मकवानपुरका १ नम्बर क्षेत्रीय सभापति खनालले जानकारी दिए ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















