२ मंसिर, हेटौंडा । बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको छ ।
ढाकास्थित साभार क्रिकेट मैदानमा सोमबार भएको समूह चरणको खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १३९ रनको लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । बंगलादेशको जितमा नजमोल हुसेनले सर्वाधिक ५९ रनको योगदान दिए । यस्तै, बंगलादेशका अर्का ब्याट्सम्यान मोहमद्द नाइमले ४५, यसिर अलीले १८ तथा सोम्य सरकारले ११ रन बनाए ।
बलिङतर्फ नेपालका सोमपाल कामी र सुसन भारीले समान एक÷एक विकेट लिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । नेपालका लागी सोमपालले सर्वा्िधक ३८ रन बनाए ।
त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोड्दा करण केसीले १८ रन जोडे । कुशल भुर्तेलले १०, करण केसीले १८, आरिफ शेखले ११, पवन सरार्फले ९, विनोद भण्डारीले ८, उपकप्तान दीपेन्द्रसिंह एरीले ६ तथा शरद भेषावकरले एक रन जोडे ।
बलिङतर्फ बंगलादेशका सैयद मिन्हाजुल आबेदिन र सुमन खानले समान ३र३ विकेट लिए भने तनवीर सिंह र मेहदी हसनले २र२ विकेट लिए ।
हारसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना भने न्यून भएको छ । यसअघि, बिहीबार भएको पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो भने शनिबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले पराजित गरेको थियो ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




